पत्रकार परियार अमेरिकामा ब्रुकलिन साइटेसनबाट सम्मानित

Dipak pariyar

काठमाडौं । लामो समयदेखि पत्रकारितामा क्रियाशील दीपक परियार अमेरिकामा ब्रुकलिन साइटेसनबाट सम्मानित भएका छन् ।

कोभिड –१९ को संक्रमण जोखिमका क्रममा अमेरिकामा रहेका नेपालीहरु लक्षित सामाजिक काम गरेको भन्दै न्युयोर्क सिटीस्थित ब्रुकलिन सिटीका सभामुख एरिक एडम्सले परियारलाई साईटेसन अवार्डबाट सम्मानित गरेका हुन् ।

सभामुख एरिक एडम्सले साइटेसनमा भनेका छन्, ‘दक्षिण एसियाली समुदायमा सम्मानित बहुआयामीक पत्रकार परियारलाई म, सबै ब्रुकलनिटहरुको तर्फबाट अभिवादन गर्छु । सर्वसाधरणको आवश्यकता राम्ररी बुझ्नका लागि स्वतन्त्र रुपमा र विभिन्न विषयको अनुसन्धान मार्फत समाज आधारित अनुसन्धान गर्ने उनको अनुभवको उच्च मुल्याङ्कन गर्दछु ।’

साहित्य, पत्रकारिता, सामाजिक र सांस्कृतिक विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई सो अवार्डबाट सम्मान गर्ने गरिन्छ । पत्रकारितामार्फत समाजलाई दुई दशक लामो योगदान दिएबापत उनलाई सम्मान गरिएको हो । परियार अमेरिकाबाट सञ्चालन हुने खसोखास डटकमका सम्पादकसमेत हुन् ।

स्थापनाकालदेखि जागरण मिडिया सेन्टरको नेतृत्वमा रहेका परियार पूवउपाध्यक्षसमेत भएका थिए । उनी हाल सेन्टरका सल्लाहकार हुन् । उनी अन्य विभिन्न संघसंस्थामा समेत संलग्न छन् ।

पत्रकार परियारले रुपन्देहीको बुटवलबाट प्रकाशित हुने नयाँ दिशा साप्ताहिकबाट पत्रकारिताको सुरुवात गरेका थिए भने काठमाडौंबाट प्रकाशित हुने हाँक राष्ट्रिय साप्ताहिकमा लामो समय काम गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...