अमेरिकामा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्न अनुमती

Corona virus out break gkwymjzgbu

एजेन्सी । अमेरिकाले प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्न अनुमति दिएको छ । अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीर्ए ले आपत्कालीन अवस्थामा कोरोना संक्रमितको उपचार प्लाज्मा थेरापीबाट गर्ने अनुमति प्रदान गरेको हो ।

आइतबार एफडीएले कन्भालेसेन्ट प्लाज्मा थेरापीबाट उपचार गर्दा जोखिमभन्दा फाइदा नै बढी भएकाले अनुमति दिएको जनाइएको छ । प्लाज्मा थेरापी बिधिबाट उपचार गर्दा मृत्युदर ३५ प्रतिशतसम्म घटाउन सकिने अध्ययनले देखाएको एफडीएले बताएको छ । एफडीएका अनुसार अहिलेसम्म अमेरिकामा ७० हजारभन्दा बढी कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार भइसहेको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसमा पत्रकार सम्मेलन गरी अमेरिकी फुड एन्ड ड्रग एडमिनिस्ट्रेशनले प्लाज्मा थेरापीको अनुमति दिएको बताए । उनले कोरोना भाइरसलाई चिनियाँ भाइरसको संज्ञा दिँदै यो विधिबाट उपचार गरी धेरै मानिसको ज्यान जोगाउन सकिने विश्वास व्यक्त गरे ।


गत हप्ता राष्ट्रपति ट्रम्पले ‘कन्भालेसेन्ट प्लाज्मा थेरापी’ का लागि अनुमति नदिएर राजनीति गरिरहेको बताएका थिए । आइतबार टम्पले प्लाज्मा थेरापीबाट कोरोनाबाट हुने मृत्युदर ३५ प्रतिशतसम्म कम भएको दाबी गरे । साथै उनले कोरोना भाइरसको संक्रमणपछि निको भएका व्यक्तिहरुलाई प्लाज्मा दान गर्न पनि आग्रह गरेका छन् । त्यस्तै उनले कोरोनाविरुद्धको खोप पनि चाँडै नै निर्माण हुने बताए ।

कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा अहिलेसम्म करिब ५७ लाख संक्रमित भइसकेका छन् । त्यस्तै कोरोनाबाट अमेरिकामा एक लाख ७६ हजारभन्दा बढीको मृत्यु भएको छ भने करिब २० लाख निको भएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...