एक हाफ चाउमिन र ५० ग्राम मिठाई खाएर डा. केसीले सुरु गरे अनशन

Govinda kc

डडेल्धुरा । चिकित्सा क्षेत्र सुधार एवं सुशासनको माग गर्दै पटकपटक अनसन बस्दै आएका प्रा.डा. गोविन्द केसीले सोमबारदेखि डडेल्धुरामा अनशन सुरु गरेका छन् । यो उनको १७ औं अनशन हो ।

डडेल्धुरा अस्पताल नजिकै रहेको निर्मल क्लिनिक फार्मेसी भएको घरमा उनी अनशन बसेका हुन् । अनशन बस्नुअघि उनले डडेल्धुरा अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए । अनशन सुरु गर्नुअघि उनले एक हाफ चाउमिन र ५० ग्राम मिठाई खाजा खाएका थिए ।

सोमबार बेलुकासम्मको अल्टिमेटम दिएका डा. केसीले सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएकाले पुनः अनशन बस्नुपरेको बताएका छन् । ०७५ साउनमा भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन, विश्वविद्यालयहरूमा पदाधिकारी नियुक्ति हालको प्रक्रिया रोकेर पराशर कोइराला नेतृत्वको समितिको सुझावअनुरूप गर्नुपर्ने, आन्दोलनरत मेडिकल विद्यार्थीका माग पूरा हुनुपर्ने, निजी मेडिकल कलेजले अवैध रूपमा असुल गरेको सम्पूर्ण रकम फिर्ता गरिनुपर्ने माग उनले राखेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भ्रमण वर्ष सफल पार्ने बहराइनको प्रतिबद्धता

Ms khalifa

काठमाडौँ ।  बहराइनका परराष्ट्र सचिव डा सइका राना बिन्ट लसा अल खालिफाले नेपाल भ्रमण वर्ष २०२० सफल ...