बस दुर्घटना : चार जनाकै सनाखत

Myagdi bus accident

म्याग्दी । आइतबार साँझ मालिका गाउँपालिका–७ बिममा भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु भएका ४ जनाकै सनाखत भएको छ । दरबाङबाट यात्रु लिएर गएको ग १ ख ४४७६ नम्बरको बस विमको घुम्तीमा दुर्घटना भएको थियो ।

दुर्घटनामा मृत्यु हुनेमा विमकी ७० वर्षीया सतदेवी भट्टचन, ११ वर्षीया आयुषा जुग्जाली, ९ वर्षीय रवि जुग्जाली र गुल्मीको कालीगण्डकी गाउँपालिका–२ की विष्णु पाण्डे छन् ।

सो दुर्घटनामा परी घाइते भएका १२ जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये अधिकांश किसानी कृषि प्राविधिक शिक्षालय विमका विद्यार्थीहरु रहेका छन् । उनीहरु दशैं तिहारको बिदा सकिएपछि विद्यालय फर्किँदै थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अब शिक्षकको पनि निजामती कर्मचारी सरह बढुवा

Teacher

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक पनि निजामती कर्मचारी सरह बढुवा हुन पाउने भएका छन् ...