वीरको ‘भीभीआईपी’ ३० वर्षदेखि सधैं रित्तै

Bir hospital

काठमाडौं । वीर अस्पतालको पहिलो तलाको उत्तरपूर्वमा अति अतिविशिष्ट (भीभीआईपी) कक्ष छ । हरेक कक्षको बाटो (प्यासेज) मा लचकदार गलैंचा बिच्छ्याइएको छ । बिरामी सुत्ने कोठामा अत्याधुनिक उपकरणजडित छ । बाथटबसहितको कोठाभित्रै (अट्याच) बाथरुम र शौचालय छ ।

स्टोरसहितका आठवटा भीभीआईपी कक्षका विभिन्न कोठामा आगन्तुकका लागि महँगो सोफा छ । अस्पतालको सुविधासम्पन्न भीभीआईपी शड्ढयामा तीस वर्षयता कोही पनि सेवा लिन पुगेका छैनन् । तर पनि हरेक साताको कम्तीमा दुईपटक पुछपाछ भइरहेको छ ।

महँगा बिलासी सोफामा धुलो पर्न नदिन प्लास्टिकले बेरेर राखिएको छ । भीभीआईपी कक्षकी इन्चार्ज सीता अर्याल भन्छिन्, ‘ठूला व्यक्ति आउन सक्ने भएकाले सफा चिटिक्क त पार्नैपर्‍यो नि ।’

अस्पतालले तयार पारेको निर्देशिकाअनुसार भीभीआईपी व्यक्तिमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वराष्ट्रपति र बहालवाला उपप्रधानमन्त्रीसमेत पर्छन् । गत महिना राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्य परीक्षण त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भएको थियो । प्रधानमन्त्री केपी ओली पनि शिक्षण अस्पताल र ग्रान्डी इन्टरनेसनल अस्पताल पुगेका छन् ।

प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरा उच्च रक्तचाप भएको जनाउँदै नर्भिक इन्टरनेसनल अस्पतालमा बसे । पूर्वराष्ट्रपति रामवरण यादव दाँतको उपचारका लागि वीर अस्पताल गएका थिए । तर उनले पनि भीभीआईपी कक्ष उपयोग गरेनन् ।

२०४६ सालअघि राजपरिवारका सदस्यले भीभीआईपी कक्षको उपयोग गरेको अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले जानकारी दिए । तीस वर्षयता मुलुकका भीभीआइपीहरू सेवा लिन नआए पनि उक्त कक्ष चुस्त ढंगले राखिएको छ । अन्नपूर्ण पोष्टबाट

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...