आयो भारतको नयाँ नक्सा, पाकिस्तान असन्तुष्ट

India new map

नयाँ दिल्ली । जम्मू–कश्मीर र लद्दाख केन्द्र शासित प्रदेश बनेपछि भारत सरकारले पहिलो पटक मुलुकको नयाँ नक्सा जारी गरेको छ ।

नयाँ नक्सा भारतको सर्वे विभागले तयार परेको हो । भारतको गृह मन्त्रालयले आफ्नो प्रतिवेदनमा केन्द्र शासित प्रदेश लद्दाखमा दुई जिल्ला करगिल र लेह हुने बताएको छ । बाँकी २६ जिल्ला जम्मू –कश्मीरमा रहनेछन् । नक्सा बमोजिम अब भारतमा २८ राज्य र नौवटा केन्द्र शासित प्रदेश भएका छन् ।

भारत सरकारको प्रतिवेदनमा प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहको सुपरिवेक्षणमा जम्मू–कश्मीर र लद्दाखको सीमा निर्धारण गरिएको बताइएको छ ।

५ अगष्ट २०१९ मा भारतीय संसद्‍मा संविधानको धारा ३७० र ३५ ‘ए’ लाई निष्प्रभावी बनाउने निर्णय बहुमतबाट गरिएको थियो । संसद्‍पछि राष्ट्रपतिले ती धाराहरू निलम्बन गर्दै जम्मू–कश्मीर पुनर्गठन कानुनका लागि मन्जुरी दिएका थिए । सन् १९४७ मा जम्मू कश्मीरमा १४ जिल्ला थिए ।

सन् २०१९ मा सरकारले जम्मू–कश्मीर पुनर्गठन गर्दै १४ जिल्लालाई २८ पुर्‍याएका थिए । नयाँ नक्साबारे सामाजिक सञ्जालमा निकै प्रतिक्रिया व्यक्त भएका छ्न् ।

भारतले जारी गरेको मुलुकको नयाँ मानचित्रप्रति छिमेकी मुलुक पाकिस्तानले आपत्ति जनाएको छ । भारतले जारी गरेको नयाँ नक्सामा केन्द्र शासित दुवै प्रदेश मातहका गिलगित–बाल्टिस्तान तथा पाक प्रशासित कश्मीरको केही क्षेत्रसमेत परेको भन्दै पाकिस्तानले उक्त नक्सा खारेज गरेको छ ।

पाकिस्तानले यसलाई गलत, कानुनी रुपमा अपुष्ट, अमान्य तथा संयुक्त राष्ट्र सुरक्षा परिषदको प्रस्तावको पूर्ण उल्लंघन भएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अब शिक्षकको पनि निजामती कर्मचारी सरह बढुवा

Teacher

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक पनि निजामती कर्मचारी सरह बढुवा हुन पाउने भएका छन् ...