कोरोना कहर : समयमै भेन्टिलेटर नपाउँदा वडाअध्यक्ष यादवको मृत्यु

65552333

धरान । सुनसरीको कोशी गाउँपालिका–२ का वडाअध्यक्ष हिरालाल यादवको अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु भएको छ । उनी नेपाली कांग्रेसका नेतासमेत हुन् ।

शनिबार हृदयघात भएका ४५ वर्षीय यादवलाई भेन्टिलेटरको खोजीमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान हुँदै बीएण्डसी अस्पताल बिर्तामोडसम्म पुर्‍याइएको थियो । तर, समयमै भेन्टिलेटर नपाउँदा वडाध्यक्ष यादवको मृत्यु भएको छ ।

उनलाई भेन्टिलेटरको खोजीमा बिर्तामोडसम्म पुर्‍याइएको थियो । विर्तामोडमा पुर्‍याउँदा उनको अन्तिम अवस्था भइसकेको र फर्काउने क्रममा यादवको बीएण्ड सी अस्पतालमा मृत्यु भएको गाउँपालिका अध्यक्ष अयुब अन्सारीले जानकारी दिए ।

‘बीएण्डसीमा उपचार हुन नपाएपछि धरान र विराटनगरको नोबेलमा कुरा हुँदै थियो’ अध्यक्ष अन्सारीले भने ‘बाटोमै मृत्यु भएपछि अस्पताल लगिएन ।’ कोरोना महामारीका कारण धरान र विराटनगरका अस्पतालले भेन्टिलेटर खाली नभएको बताएपछि यादवलाई डुलाउँदा डुलाउँदै मृत्यु भएको अन्सारीले बताए ।

तर त्यहाँ पनि उपाय नभएपछि अस्पतालबाट फर्काउने क्रममा यादवको मृत्यु भएको अन्सारीले जानकारी दिए । गाउँपालिका अध्यक्ष अन्सारीले नेपाली काँग्रेसले एक असल नेता गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...