राष्ट्रपति भण्डारीद्धारा छठी माताको पूजा आराधना, छठका ब्रतालुहरुको भीड

Chhat parba 15

काठमाडौं । कार्तिक शुक्ल षष्ठी तिथिका दिन बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइने छठ पर्व बेलुकी मनाएको छ । छठ पर्वको तेस्रो अर्थात् मुख्य दिन शनिबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ ।

छठ पर्वका अवसरमा जनकपुरको गंगासागर, वीरगञ्जको घडीअर्वा पोखरी लगायतका तराईका विभिन्न पोखरी र नदी किनार पनि सजाइएको छ । छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, नागपोखरी, गहनापोखरी, कमल पोखरीलगायत वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ । यहाँ यतिबेला छठका ब्रतालुहरुको भीड छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले छठी माताको आराधना गरेकी छन् । छठ पर्वको मुख्य दिन राष्ट्रपति भण्डारी काठमाडौंको कमलपोखरीमा पुगी छठी माताको पूजा आराधना गरेकी हुन् । उनले त्यहाँ अस्ताउँदो सूर्यलाई अर्घ्य पनि दिएकी थिइन् । राष्ट्रपति भण्डारी गुह्येश्वरी गई बाग्मती नदीबीचमा स्थापित छठी माताको मन्दिरमा पूजाअर्चना गरिन् ।

छठपर्व मनाउन गौरीघाटदेखि गुह्येश्वरीसम्मको इलाकामा बाग्मती नदीको पानीको बहाव रोकेर निर्माण गरिएको तलाउको बीचमा स्थापित छठी माताको मन्दिरमा पुगेर राष्ट्रपति भण्डारीले पूजाअर्चना गरेकी हुन् ।

छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिने गरिन्छ । नदीको दुवै किनारमा ६५० भन्दा बढी छठी माताको पूजाका लागि पूजाघाट निर्माण गरिएको छ । नदीका दुवै किनार बिजुली बत्तीले झकिझकाउ पारिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अब शिक्षकको पनि निजामती कर्मचारी सरह बढुवा

Teacher

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक पनि निजामती कर्मचारी सरह बढुवा हुन पाउने भएका छन् ...