थाहा पाइरहनुस्, शनिबार भुलेर पनि यी काम गर्नै हुँदैन

Sanibar pic

काठमाठौं । शनिवारको दिन नै बिदा मिल्ने हुनाले अधिकांशले यस दिनमा विभिन्न किसिमका सामानहरूको किनबेच गर्ने गर्छन् ।

शनिवारको दिन ‘शनिदेव’को दिन हो र यो दिनमा कुनै कुनै निश्चित वस्तुको खरीदबिक्री गर्नाले त्यस व्यक्तिको जीवन अनि घर–परिवारमा अशुभ हुने शनिचालिसामा उल्लेख गरिएको छ ।

शनिबारलाई धार्मिक दिन मानिन्छ । शनिवारको दिनलाई श्रीरामभक्त पवनपुत्र हनुमानजीको पूजा र शनिदेवको आरधना गर्नको लागि सबैभन्दा सुभ दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने शनिबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ ।

शनिबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्ने मानिन्छ । तर शनिबार केही काम गर्न भने निषेध गरिएको छ । शनिवारको दिन फलामको वस्तु दान गर्दा सबैभन्दा शुभ हुन्छ भने त्यहिँ फलामको सामान किन्दा अथवा बेच्दा अशुभ हुने गर्दछ । त्यसैले शनिबार झुक्किएर पनि फलामको सामान खरीदबिक्रि गर्नुहुँदैन ।

शनिवारको दिनमा शनिको दृष्टिले थुप्रै वस्तुहरूमा प्रभाव परिरहेको हुन्छ । यदि तपाईँ शनिवारको दिन जुनकुनै प्रकारको तेल किन्न अथवा बेच्न जाँदै हुनुहुन्छ भने रोकिहाल्नुस् । किनभने यो दिन तेलको व्यापार गर्नाले रोगव्याधले सताउने विश्वास गरिन्छ । तर शनिवारको दिन तेलको दान गर्नु चाहिँ शुभ मानिन्छ ।

घरको लागि नुन किन्नुपर्यो भने शनिवार बाहेक अन्य कुनै दिनमा किन्नुहोस् । यो दिन नुन किन्दा ऋणले सताउने सम्भावना बढ्दछ ।

कैँचीको काम भनेको कि काट्ने हो । त्यसैले शनिवारको दिनमा कैँचीको खरीद गर्दा तपाईँको आत्मिय साथी अथवा परिवारसँगको सम्बन्ध बिग्रने सम्भावना हुन्छ ।

शनिवारको दिन शनिदेवको पूजा गर्दा कालो तिल चढाउन नबिर्सनुहोला । यो दिन कालो तिल दान गर्नु पनि शुभ मानिन्छ । तर बिर्सिएर पनि शनिवार कालो तिल किन्ने अथवा बेच्ने भूल नगर्नुहोस् । यस्तो गरेमा तपाईँको गर्न लाग्नुभएको कुनै शुभ काममा बाधाअड्चन आइपर्ने सम्भावना बढ्दछ ।

कालो रङ्गलाई शनिदेवको प्रतिक मानिन्छ । त्यसैले शनिदेवको पूजा९आरधना गर्दा कालो रङ्गको वस्त्र अथवा कुनै सामान चढाउनु लाभदायी मानिन्छ । तर यो दिन तपाईँको कालो रङ्गको जुत्ता अथवा चप्पल किन्नुभएमा तपाईँले आफूले गरेको कामबाट असफलता मिल्ने विश्वास गरिन्छ ।

पढाई, लेखाई सम्बन्धी जुनकुनै सामानहरू हुन्छन् (कापी, कलम, पेन, मसी, किताब, झोला, इरेजर, कटर, आदि), शनिवारको दिन नकिन्नुहोला र आफ्ना बालबच्चालाई पनि यो दिन कापी, कलम किन्न नलगाउनुहोला । यस्ता सामान किन्ने सबैभन्दा शुभदिन भनेको विहिबारको दिन हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

श्री पाथिभरा माताको दर्शन गर्दै हेनुस् आज शुक्रबारको राशीफल

Pathivara mai

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुन...