कोरोना संक्रमण नियन्त्रणका लागि स्वास्थ्यले भन्दा रक्षाले पायो बढी रकम (सूचीसहित)

कोरोना नियन्त्रण र उपचारमा ०७६ चैतदेखि ०७७ साउन मसान्तसम्म १३ अर्ब ३७ करोड रुपैयाँ खर्च

Yubaraj khatiwada

काठमाडौं । सरकारले कोरोना नियन्त्रणमा अहिलेसम्म भएको सरकारी खर्चको विवरण सार्वजनिक गरेको छ । जसमा स्वास्थय मन्त्रालयले भन्दा रक्षा मन्त्रालयले बढी खर्च गरेको पाइएको छ ।

सरकारले कोरोना नियनत्रणका लागि गरेको खर्च विवरणअनुसार सबैभन्दा बढी रक्षा मन्त्रालयले २ अर्ब ३७ करोड ४ लाख ६१ हजार खर्च गरेको छ । तर स्वास्थ्यसँग सम्बन्ध राख्ने स्वास्थ्य मन्त्रालयले २ अर्ब १७ करोड ३६ लाख ४० हजार निकासा गरेको पाइएको छ । यो भानुभक्त ढकालले नेतृत्व गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भन्दा करिब २० करोड रुपैयाँ बढी रकम लिएको देखिन्छ ।

हालसम्म सरकारबाट परराष्ट्र मन्त्रालयलाई ६ लाख ५० हजार रुपैयाँ मात्रै निकासा गरेको देखिन्छ भने अर्काे जिम्मेवार मानिने गृह मन्त्रालयलाई २० करोड ८३ लाख २४ रुपैयाँ निकासा गरिएको छ । यो सबै खर्च विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि भनिएको छ ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ४ करोड ४९ लाख र सहरी विकास मन्त्रालयबाट १ करोड २९ लाख रकम खर्च भएको छ ।

कोरोना नियन्त्रणमा संघीय सरकारले ५ अर्ब ८४ करोड ७९ लाख ९४ हजार रुपैयाँ खर्च गरेको छ । यता स्थानीय सरकारले अहिलेसम्म ६ अर्ब २ करोड ८१ लाख १७ हजार रुपैयाँ खर्च गरेको छ ।

शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले ११ अर्ब ९८ करोड रुपैयाँभन्दा बढी रकम खर्च भएको विवरण सार्वजनिक गरे ।

मन्त्री खतिवडाका अनुसार गत चैतदेखि साउन मसान्तसम्म कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले ११ अर्ब ९८ करोड ३१ लाख ८० हजार रुपैयाँ बराबरको खर्च गरेको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि संघीय सञ्चित कोषबाट ५ अर्ब ८५ करोड रुपैयाँ खर्च भएको छ ।

प्रदेशहरूबाट झण्डै डेढ अर्ब खर्च भएको छ । जसअनुसार प्रदेश नम्बर १ मा २० करोड ७१ लाख, प्रदेश नम्बर २ मा १७ करोड २ लाख र बागमती १३ करोड ६७ लाख रुपैयाँ खर्च भएको छ । गण्डकी प्रदेशमा १४ करोड ५४ लाख, प्रदेश नम्बर ५ मा १० करोड ५९ लाख, कर्णाली प्रदेशमा २६ करोड २६ लाख र सुदूरपश्चिम प्रदेशमा ४२ करोड ४८ लाख रुपैयाँ कोरोना संक्रमण नियन्त्रण, रोकथाम तथा उपचारमा खर्च भएको छ ।

यस्तो छ खर्च विवरण

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...