उपत्यकाभित्र भयावह बन्दै कोरोना संक्रमण : एकै दिन ३ जनाको मृत्यु, थप १८२ जनामा संक्रमण

Corona death all use

काठमाडौं । पछिल्ला केही दिनयता काठमाडौं उपत्यका कोरोना संक्रमणको हव बन्दै गएको छ । शुक्रबार मात्रै काठमाडौं उपत्यकाभित्र ३ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । जसमा ललितपुरको पाटन हस्पिटलमा २ जना र बलम्बुस्थित एपीएफ अस्पतालमा १ जनाको मृत्यु भएको छ ।

शसक्रबार बलम्बुस्थित एपीएफ अस्पतालमा उपचाररत ७७ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको छ । उनलाई ग्रिनसिटी अस्पतालबाट बिहीबार मात्र बलम्बु लगिएको थियो ।

उनी साउन ३० गते सप्तरीको राजविराजबाट काठमाडौं आएका थिए । त्यही दिन वीर अस्पतालको प्रयोगशालामा स्वाब दिएका उनको रिपोर्ट ३२ गते पोजेटिभ आयो । त्यसयता ग्रिनसिटीमा रहेका उनको अवस्था गम्भीर भएपछि बिहीबार मात्र एपीएफ अस्पताल लगिएको थियो ।

त्यसैगरी पाटन अस्पतालमा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत दोलखा निवासी ३० वर्षीया महिलाको शुक्रबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ । उनको भदौं २ गतेदेखि पाटन अस्पतालमा उपचार भइरहेको थियो ।

त्यसैगरी सर्लाही घर भएका ४६ वर्षीय पुरुषको पनि आज विहान निधन भएको छ । उनको साउन ३१ गतेदेखि पाटक अस्पतालमा उपचार भइरहेकोमा आज विहान मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए ।

थपिए १८२ संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ८२ जना नयाँ संक्रमित थपिएका छन् । बिहीबार उपत्यकामा २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । काठमाडौं जिल्लामा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जना संक्रमित थपिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...