कन्ट्याक्ट ट्रेसिङमा सरकारी कर्मचारी र वकिलसमेतलाई कोरोना भएपछि तेह्रथुममा निषेधाज्ञा

Tehrathum myanlung bajar

तेह्रथुम । जिल्लामा कोरोना संक्रमण समुदायमा फैलिन थालेपछि तेह्रथुम जिल्लामा एकसाताका लागि निषेधाज्ञा शुरु भएको छ ।

बिहीबार एकै दिन तेह्रथुममा ९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय तेह्रथुमले बिहीबार राति १२ बजेदेखि भदौ ११ गते बिहीबार राती १२ बजेसम्मका लागि निषेधाज्ञाको घोषणा गरेको थियो । तेह्रथुममा अहिले सक्रिय संक्रमितको संख्या १० पुगेको छ ।

कन्ट्याक्ट ट्रेसिङका क्रममा तेह्रथुममा सरकारी कर्मचारी, वकिललगायत ९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्लाभर एक साताका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले बताए ।

प्रशासनले अत्यावश्यक सेवाअन्तर्गत खाद्यान्न तथा सब्जी पसल किहान ७ बजेदेखि ९ बजेसम्म सतर्कतापूर्वक खोल्न भने अनुमति दिएको छ । प्रशासनले अत्यावश्यकबाहेक सवारीका साधन सञ्चालन र हिँडडुलमा समेत रोक लगाइएको जनाएको छ ।

निषेधाज्ञाको समयमा अत्यावाश्यक वस्तुको कालोबजारी, जम्माखोरी, कृत्रिम अभाव तथा मूल्य वृद्धि भएको पाइए कडाइका साथ कारबाही गरिने प्रशासन कायालयले जनाएको छ ।

यही भदौ १ गते परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएका ७४ वटा नमूनामध्ये बिहीबार जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरुमध्ये तीन महिला छन् ।

संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको थप सात वटा नमूना परीक्षणको रिपोर्ट आउन बाँकी छ । परीक्षणका क्रममा एक जनामा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमार्फत सम्पर्कमा रहेका अन्य व्यक्तिको स्वाब लिई परीक्षण गर्दा ठूलो संख्यामा संक्रमित देखिएको स्वास्थ्य कार्यालय तेह्रथुमका प्रमुख योगराज घिमिरेले बताए । कन्ट्याक्ट ट्रेसिङमार्फत स्वाब लिने क्रम अझै जारी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...