प्रधानमन्त्रीको मिर्गाैलाको डायलासिस जुनसुकै बेला पनि हुनसक्ने, तयारी अवस्थामा रहन निर्देशन

Oli discharj 15

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नियमित मिर्गौलाको डायलासिस गर्नुपर्ने भएपछि गाण्डी अस्पतालको टोलीलाई डायलासिसको लागि तयारी अवस्थामा बस्न निर्देशन दिइएको छ ।

प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकहरु नियमित डायलासिस गर्नुपर्ने निष्कर्षमा पुगेका छन् । यसअघि प्रधानमन्त्री ओलीको डायलासिसमा सहभागी सबै टिमलाई आज रातिदेखि नै तयारी अवस्थामा बस्न अस्पताल प्रशासनले निर्देशन गरेको छ ।

चिकित्सकहरुले शुक्रबार बिहान प्रधानमन्त्री ओलीको स्वास्थ्य परिक्षण भएका सबै रिपोर्टहरु अध्ययन गरेका छन् । ओलीको उपचारमा सहभागि एक चिकित्सकका अनुसार, अब हेरक हप्ता तीन पटक चार/चार घण्टा मिर्गौलाको डायलासिस गर्नुपर्नेछ । चिकित्सकले प्रधानमन्त्री ओलीलाई डायलासिसमा जानुपर्ने सुझाव दिएको ति चिकित्सकले बताए ।

ओलीको रिर्पोटहरु उनको स्वास्थ्य परिक्षण गरिरहेका सिंगापुरका चिकित्सकहरुलाई पनि इमेलमार्फत पठाएको छ । केही समय डायलासिस गरेर मिर्गौला प्रत्यारोपणमा जाने की भन्ने विषयमा पनि बालुवाटामार छलफल भइरहेको छ ।

प्रधानमन्त्रीको बुधबार र बिहीबार दुई दिन मिर्गौलाको डायलासिस गरेपछि शुक्रबार (आज) पनि गर्नुपर्ने हुन्थ्यो । तर सचिवालयको दबाबमा बिहिबार राति नै डिस्चार्ज गरेपछि तेस्रो डायलासिस शनिबार गर्ने तयारी गरिएको थियो । तर प्रधानमन्त्री ओलीले अप्ठ्यारो अनुभव गरे मात्र पनि तत्काल राति पनि डायलासिस गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।

१२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसमा समस्या आएपछि साउन र भदौमा सिंगापुरमा उपचार गरिएको थियो । सिंगापुरमा प्लाज्माथेरेसिस गरेपछि केही समय ठीक भएको थियो । तर, फेरि मिर्गौलामा समस्या देखिएपछि बुधबार बिहान धापासीस्थित ग्रान्डी ईन्टरनेसल अस्पताल भर्ना गरिएको थियो । बुधबार र बिहीबार दुई पटक डायलासिस गरिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...