भारतमा एकैदिन झण्डै ६८ हजार सङ्क्रमित थपिए

Co

काठमाण्डौ । भारतमा गएको २४ घण्टामै ६८ हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण देखिएको छ । भारतमा एकैदिन ६८ हजार पाँच सय भन्दा धेरैमा कोरोना सङ्क्रमण भएको र नौ सय ८१ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् । भारतमा अहिलेसम्म २९ लाख चार हजार भन्दा धेरैमा सङ्क्रमण हुँदा ५४ हजार नौ सय ७५ जनाको ज्यान गैसकेको छ ।

यस्तै गएको २४ घण्टामा कोरोना भाइरसबाट ब्राजिलमा ११ सय १५ जना र अमेरिकामा नौ सय ८५ जनाको ज्यान गएको छ । विश्वका दुई सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट एकैदिन पाँच हजार छ सय १७ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या सात लाख ९५ हजार आठ सय भन्दा धेरै भएको छ ।

दुई करोड २८ लाख आठ हजार भन्दा धेरैमा सङक्रमण भएकोमा एक करोड ५४ लाख ९१ हजार भन्दा धेरै उपचार पछि निको भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...