भुलेर पनि बिहान उठ्ने वित्तिकै नखानुस् यी खानेकुरा, जसले जीवन वर्वाद पार्छ

Tea 15

काठमाडौं । हरेक मानिस स्वस्थ रहनको लागि उनको जीवनशैली खानपानको विशेष महत्व हुन्छ । अझ हामीले कुन समय के कस्तो खानेकुरा खाने भन्नेमा विशेष ध्यान दिनु पर्छ ।

कसैको बानी हुन्छ विहान बेडमै चिया पिउने । कतिपय विहान काम गर्ने व्यक्ति खाली पेटमा जे पायो त्यहि खाएर निस्कछन् । तर हामीमध्ये धेरैलाई थाहा छैन होला, कुनै खाना खाली पेट खानु भनेको विष सेवन गर्नुजस्तै हुन्छ । केही यस्ता खाना छन् जसलाई खाली पेट खाँदा हाम्रो स्वास्थ्यमा नराम्रो असर पर्न जान्छ ।

हामीले स्वस्थ रहनका लागि आफ्नो खानपानमा विशेष ध्यान दिन आवश्यक रहन्छ । कुन समयमा के खाने र के नखाने भन्ने कुरा स्वस्थकर जीवनका लागि अति नै महत्वपूर्ण हुन्छ । सही समयमा सही चिजहरुको सेवनले हाम्रो शरीर स्वस्थ र फिट रहन्छ ।

कुनै पनि खाना टाईमिङमा निर्भर रहन्छ र शरीरले पनि त्यतीबेला साथ दिन्छ जतिबेला ति चिजहरुलाई सही समयमा ग्रहण गरिन्छ ।कुनै खानेकुरा स्वस्थ हुन सक्छ । तर गतल समयमा त्यसलाई खाइयो भने शरीरलाई नकारात्मक असर पनि पर्न सक्ने चिकित्सकहरु बताउँछन् । केही चिजहरु खाली पेटमा खानु हितकर नभई हानिकारक हुन सक्छ ।

पेय पदार्थ
खाली पेटमा भुलेर पनि चिसो पेय पदार्थ पिउनु हुँदैन । जस्तै कोल्ड कफी वा कोल्ड ड्रिन्क्स । यसले तपाइको पेटको मुकस मेम्ब्रेन अर्थात् पेटको पाचन क्रियामा सक्रिय कोषलाई असर गर्छ । खाली पेट चिसो पेय पिउनाले पाचन क्रियालाई सुस्त बनाउँछ । त्यसैले तपाई मनतातो पानी अथवा ग्रीन टी पिएर आफ्नो दिनको सुरुवात गर्न सक्नु हुन्छ ।

टमाटर
यसमा कुनै शंका छैन कि टमाटरमा भिटामिन र एन्टिअंक्डिेन्ट भरपूर मात्रामा रहेको हुन्छ । तर जब हामीले यसलाई खाली पेटमा खायौँ भने यसको एसिडिकका कारण पेटमा नकारत्मक असर पर्न जान्छ । यसले पेटमा चाहिनेभन्दा धेरै दबाब दिन्छ र जसले गर्दा पेट दुख्ने समस्या हुन सक्छ । अल्सरबाट पीडितहरुका लागि खाली पेटमा टमाटरको सेवन खतरनाक हुन सक्छ ।

अमिलो फल
अमिलो फल जस्तै सुन्तला, अंगुर, अमिलो जस्ता भिटामिन सी, फाइबर र एन्टिअंक्डिेन्ट पाइने फलहरु बिहान खाली पेटमा खाएमा पेट दुख्ने समस्या हुन सक्छ ।

पफ, पेस्ट्री
बिहान ब्रेकफास्टमा पेस्ट्री राम्रो विकल्प हुन सक्छ तर खाली पेटमा यो खानु हुँदैन । यसमा एक किसिमको ढुसी रहेको हुन्छ जसले खाली पेटमा हामीलाई दुःख दिन सक्छ ।

चिया/कफी
बिहान खाली पेटमा चियारकफीको सेवन पनि स्वास्थ्यका लागि लाभदायक छैन । खाली पेटमा चियारकफी पिउँदा कब्जियतको समस्या बढ्न सक्छ । यसले पाचन प्रक्रियामा पनि असजिलो पैदा गर्न सक्छ । खाली पेटमा पानीको सेवन भने राम्रो रहेको चिकित्सकहरुको भनाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...