जुममार्फत गरियो स्व. टिआर विश्वकर्माको चर्चा (भिडियोसहित)

Dalit program

काठमाडौं । दलित आन्दोलनका अगुवा तथा दलित समुदायकै पहिलो पत्रकार स्व. टिआर विश्वकर्माले नेपालको दलित आन्दोलनमा दिएको योगदानको चर्चा गरिएको छ ।

दलित आन्दोलनका संस्थापक नेता टिआर विश्वकर्माको योगदानलाई दलित आन्दोलनले नै ओझेलमा पारेको सरोकारवालाहरूको गुनासो छ । दलित आन्दोलनले अग्रजहरुको सम्मान र इतिहासलाई सही मूल्याङ्कन गर्न नसकेको पनि चर्चा गरिएको छ ।

राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपालले स्व. टिआरको ३० औँ स्मृति दिवसका अवसरमा बिहीबार आयोजित भर्चुअल विमर्श कार्यक्रममा सहभागी बत्ताहरुले नेपालको दलित आन्दोलनले उचाई प्राप्त गर्न टिआर विश्वकर्माको योगदान उच्च रहेको बताए ।

जुममार्फत गरिएको कार्यक्रममा साहित्यकार तथा दलित आन्दोलनका अगुवा रणेन्द्र बरालीले स्व. टिआर विश्वकर्माले राजनीतिक र दलित आन्दोलनलाई सँगसँगै अघि बढाएको र उनकै प्रेरणाबाट दलित आन्दोलन अघि बढिरहेको बताए । उनले अहिलेका युवा पुस्ताले टिआर विश्वकर्माको भुमिकाबाट पाठ सिक्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघका पूर्व सभापति तथा वरिष्ठ पत्रकार हरिहर विरहीले स्व. टिआर विश्वकर्माले दलित आनदोलन मात्रै होइन, समग्र आन्दोलनकै योगदान दिएको बताए । उनले पञ्चायती कालरात्रीमा पनि प्रजातन्त्रको पक्षमा लागेर समावेशी चरित्र खोज्नसक्ने पहिलो व्यक्ति नै टिआर विश्वकर्मा भएको बताए ।

‘टिआर विश्वकर्मा नेपाली पत्रकारिताको अग्रणी व्यक्तित्व हो, पत्रकारिताको विकासमा उहाँको ठूलो योगदान छ’ विरहीले भने, ‘मातृभूमि पत्रिकामा उहाँले काम गर्नुहुन्थ्यो, त्यतिबेलै मसँग चिनजान भएको हो, टिआरसँग मलाई गोविन्द वियोगीले चिनजान गराउनुभएको हो ।’ 

पुराना पत्रकार चन्द्रप्रकार गदालले स्व. टिआर विश्वकर्माले त्यति बेलै नेपालको दलित आन्दोलन एकीकृत रुपमा अघि बढाउन योगदान दिएको बताए । उनले पञ्चायतकै खाएर पञ्चायतविरुद्ध संघर्ष गरेको स्मरण गरे ।

दलित नेतृ कमला हिमचुरीले साझा चरित्र बोक्ने टिआर विश्वकर्माले समाज परिवर्तनका लागि जतिसुकै ठूला्े योगदान दिएकोे भए पनि शक्तिमा नरहेका कारण कम चर्चा गरिएको बताइन् ।

संघका अध्यक्ष विनोद पहाडीको अध्यक्षतामा भएको सो कार्यक्रममा टिआर विश्वकर्माका छोरा कसमस विश्वकर्मा, दलित लेखक सरोजदिलु विश्वकर्मा लगायतले स्व. टिआर विश्वकर्माले नेपाली पत्रकारितामा खेलेको योगदानको चर्चा गरे । कार्यक्रमको सञ्चालन संघका केन्द्रिय सदस्य बुद्धि विश्वकर्माले गरेका थिए ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...