काठमाडौं उपत्यकामा थप २०० जनामा कोरोना पुष्टि

1590588492 frwvd

काठमाडौं  । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घन्टामा थप २ सय जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार काठमाडौँ उपत्यकामा २०० जना नयाँ संक्रमित थपिएका हुन् ।

काठमाडौँ जिल्लामा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना नयाँ संक्रमित थपिएका हुन् । बुधबार काठमाडौँ उपत्यकामा १५९ जना संक्रमित थपिएका थिए ।

पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ७ जना कोरोना संक्रमित थपिएका छन् । जसमा १ सय ९२ जना महिला छन् भने ५ सय १५ जना महिला छन् ।

मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका ७ सय ७ जनासहित देशभर संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमिति पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपालमा पछिल्लो २४ घण्टामा २ सय ५९ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेहरुको संख्या १७ हजार ९ सय ६४ जना पुगेका छन् ।

 

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...