डिस्चार्ज भएपछि प्रधानमन्त्रीले भने, ‘आई एम फिट’

Kp oli

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालले डिस्चार्ज भएका छन् । मिर्गौलाको डाइलासिसपछि ओली बिहीबार बेलुकी ५ बजे डिस्चार्ज गरिने भनिए पनि साँझ मात्र डिस्चार्ज गरिएको हो ।
उनी बिहीबार साँझ अस्पतालबाट डिस्चार्ज भएर सरकारी निवास बालुवाटार गएका हुन् । अस्पतालबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले ‘आई एम फिट’ भन्ने प्रतिक्रिया दिएका छन् ।
तर बुधबार दिउँसो नै प्रधानमन्त्रीको आकस्मिक रुपमा डायलासिस गरिएको थियो । बिहीबार दिउँसोे दोस्रो पटक डायलासिस भयो ।

अस्पतालले त्यसबेला पनि यसबारे कुनै जानकारी दिएको थिएन । तर प्रधानमन्त्री ओलीलाई भेटेर फर्किने क्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सञ्चारकर्मीहरुसँग कुरा गर्दै डायलासिस भएको बताइदिए ।

ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले नियमित स्वास्थ्य परीक्षणपछि डिस्चार्ज भएको जानकारी दिए । उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था समान्य रहेको बताए । अब फेरि डायलासिस गर्नु पर्नेनपर्नेबारे रगत परीक्षणको रिपोर्टहरु आएपछि मात्र भन्न सकिने मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बताए ।
प्रधानमन्त्री ओली मिर्गौलाको बिरामी हुन् । झण्डै १२ वर्ष अगाडि भारतको एपोलो अस्पतालमा उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसयता नियमित औषधि सेवन गर्दै आएका उनी हालै दुई पटक सिंगापुर गएका थिए । सिंगापुरमा प्लाज्माफेरेसिस विधिबाट उपचार गरिएको थियो ।

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार अहिले फेरि मिर्गौलामा समस्या देखिएको छ । सिंगापुरबाट फर्किइसकेपछि पनि केही समय पहिले ग्राण्डीमा नै चेकजाँच गराउँदा मिर्गौलाले राम्रोसँग काम नगरेको पाइएपछि क्याथेटर राखिएको थियो । तर, अहिले फेरि समस्या आएपछि बुधबार हस्पिटल भर्ना गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...