रौतहटमा गोली हानी मन्दिरका पुजारीको हत्या

Goli log

काठमाडौं । अज्ञात समुहले रौतहटको खेसरहियास्थित हनुमान मन्दिरका पुजारीको गोली हानी हत्या गरेको छ । हत्याको कारण खुल्न सकेको छैन ।

अज्ञात समूहले रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहियास्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको गोली प्रहार गरी हत्या गरेको हो ।

पुजारीले खाना खाइरहेका बेला राति करिब ९ बजेको समयमा अज्ञात समूहले कन्चटमा गोली हानी हत्या गरेको इलाका प्रहरी कार्यालय गडुवाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस