कोरोना भाइरसको संक्रमणबाट थप ७ जनाको मृत्यु, नेपालमा मृतक संख्या १२४ पुग्यो

Corona death all use

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२४ पुगेको छ ।

स्वास्थ्य तथा जनस‌ंंख्या मन्त्रालयका अनुसार पर्सामा दुई जनाको मृत्यु भएको छ भने काठमाडौं, भक्तपुर, मकवानपुर र सुनसरीमा एकएक जनाको मत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भने वीरगञ्जमा तीन जना र हेटौंडाका एक जनाको मत्यु समावेश गर्न बाँकी छ ।

वीरगञ्ज महानगरपालिका भिश्वा बस्ने ५७ वर्षीयको उपचारका लागि नारायणी अस्पतालमा लगिएकोमा मंगलबार दिउँसो ३ः३० बजे मृत्यु भएको हो । जिन एक्स्पर्ट विधिमार्फत कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो ।

वीरगञ्ज–४ विर्ता बस्ने ८४ वर्षीय कोरोना संक्रमित पुरुषको गण्डक अस्पतालमा उपचारका क्रममा मंगलबार राति १०ः३० बजे मृत्यु भएको छ ।

सुनसरीमा ७१ वर्षीया महिलाको बुधबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ । २३ साउनमा संक्रमण पुष्टि भएकी उनी २४ गते अस्पताल भर्ना भएकी थिइन् ।

भक्तपुर, सूर्यविनायककी ६१ वर्षीया महिलाको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका –१ चौकीटोलकी ६१ वर्षका पुरुषमा मृत्युपछि संक्रमण पुष्टि भएको छ । उनको मंगलबार राति मृत्यु भएको थियो ।

काठमाडौं महानगरपालिका असनका ९४ वर्षका वृद्धको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । निमोनियाका बिरामी उनको भदौ १ गते मृत्यु भएको र २ गते स्वाब सं‌कलन गरी बुधबार रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको हो ।

वीरगञ्ज महानगरपालिका रेशमकोठीकी कोरोना संक्रमित ४० वर्षीया महिलाको वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा उपचारको क्रममा बुधबार दिउँसो सवा ४ बजे मृत्यु भएको हो । उनमा भदौ २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

५८१ जना थपिए संक्रमित
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५२२ नमुना परीक्षण गर्दा ६८१ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्र १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये काठमाडौंमा १३४ जना, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जना छन् ।

यस्तै पर्साका १०८ जना, मोरङका ६९, रुपन्देहीका ५२, धनुषाका २८, सुनसरीका २६, चितवनका २४, सर्लाहीका १९, बाँकेका १८, सल्यानका १७, झापाका १६, बाराका १५, सप्तरी र सुर्खेतका १३/१३ जना, महोत्तरी र नवलपुरका १२/१२ जना र जुम्लाका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै महोत्तरीका ८, कपिलवस्तुका ६, कास्कीका ५, रौतहट, तनहुँ, दैलेख र डोटीका ४ जना, गोरखा, लजमुङ, दाङ, अछाम र कैलालीका ३/३ जना, प्युठान र बर्दियाका २/२ जना तथा ओखलढुंगा, पाँचथर, धादिङ, नवलपरासी, पाल्पा र डोल्पाका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...