ज्ञानेन्द्र मल्ललाई क्रिकेट टिम कप्तानको जिम्मेवारी, दीपेन्द्र सिंह ऐरी बने उपकप्तान

Gyanendra mall kaptan

काठमाडौं । ज्ञानेन्द्र मल्ललाई नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी दिएको छ । क्यानले पारस खड्काको राजिनामा स्वीकृत गरेर राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी मल्ललाई दिएको हो ।

खड्काले क्यान निलम्वन फुकुवा भएको भोलिपल्ट असोज २८ गते सामाजिक सञ्जालमार्फत राजीनामा दिएका थिए । उनले गत आइतबार आधिकारिक रुपमा इमेलमार्फत राजीनामा बुझाएका थिए ।

क्यानले यसअघिका उपकप्तान मल्ललाई नयाँ कप्तान छनोट गरेको छ । पारसले पनि केही समयका लागि ज्ञानेन्द्रलाई कप्तानको जिम्मेवारी दिनुपर्ने तर्क गरिरहेका थिए । क्यानले उनकै सुझावअनुसार मल्ललाई नै कप्तान बनाएको छ ।

पारस एक दशकसम्म राष्ट्रिय टिमको कप्तानी गर्दा ज्ञानेन्द्रले उपकप्तानको भूमिका निभाएका थिए । पारसको अनुपस्थितिमा उनले नै कप्तानीको भूमिका निभाएका थिए ।

दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । हालै सिंगापुर र ओमान टुरमा ज्ञानेन्द्रलाई आराम दिँदा ऐरी उपकप्तानको भूमिका थिए । यू–१९ टिममा कप्तान रहिसकेका उनले फ्रेन्चाइज लिग टिमको पनि नेतृत्व गरिसकेका छन् ।

क्रिकेट संघले बुधबार नै राष्ट्रिय टिमका मुख्य प्रशिक्षक उमेश पटवाललाई नयाँ कप्तान र उपकप्तानबारे जानकारी गराएको छ । ज्ञानेन्द्रको कप्तानीमा नेपालले अब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)को टोलीसँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...