चिलीमा जारी विरोध प्रदर्शनमा २० जनाको मृत्यु

Chile protests

सान्टियागो । चिलीमा जारी विरोध प्रदर्शनका क्रममा २० जनाको मृत्यु भएको छ ।

गत अक्टोबर १९ देखि २७ सम्म आपतकाल लागू भएको यस समयावधिमा जारी रहेको सरकार विरोधी प्रदर्शनमा २० जनाको मृत्यु, ४ सय ७३ जना घाइते भएका त्यहाँको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस विरोध प्रदर्शनको क्रममा सयौंको सङ्ख्यामा सशस्त्र प्रहरीहरु पनि घाइते भएका छन् । उक्त समयावधिमा ४ सय ४५ प्रहरीका कार, ४९ उपमार्ग स्टेशन र २६ बस क्षतिग्रस्त भएको छ । कर्फ्यु लगाइएको यस अवस्थामा ७ हजार १६६ जनालाई पक्राउ गरिएको र २ हजार ३७ जनालाई कारागार चलान गरिएको छ ।

गत सोमबार चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले सरकारको विरोधको प्रदर्शन गरिरहेका प्रदर्शनकारीको मागको सम्बोधन गर्दै आठ जना मन्त्रीलाई प्रतिस्थापन गरेका थिए। तर पनि प्रदर्शन अझै रोकिएको छैन । सार्वजनिक यातायातको भाडा बढाइएपछि विद्यार्थीले यो प्रदर्शन शुरु गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...