सिरहामा प्रहरी नायब उपरीक्षकसहित सात जनामा सङ्क्रमण

431121

काठमाडौँ । सिरहामा नेपाल प्रहरीका एक प्रहरी नायब उपरीक्षकसहित थप सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षकसहित चार प्रहरी कर्मचारी, एक थुनुवा, मिर्चैयास्थित नेपाल बङ्गलादेश बैंकका एक कर्मचारी र मिर्चैया नगरपालिका–४ का एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।

सङ्क्रमितहरु २५ देखि ५५ वर्ष उमेर समूहका रहेको जनाइएको छ । सङ्क्रमित सबैलाई आइसोलेसनमा भर्ना गरिएको प्रमुख यादवले बताए । यो सँगै सिरहामा कोरोना सङ्क्रमितको सङ्ख्या २७४ पुगेको छ भने त्यसमध्ये २०९ कोरोना जितेर घर फर्किसक्नुभएको छ ।

कोरोना सङ्क्रमणबाट सिरहाको गोलबजार नगरपालिका–१२ र विष्णुपुर गाउँपालिका–१ का २२ र ४० वर्षका दुई जनाको मृत्यु भइसकेको छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...