बाढी पहिरोबाट दैलेखमा एकैदिन तीनको मृत्यु एक बेपत्ता

Pahiro dailekha 20200819061526

काठमाडौँ । लगातारको वर्षासँगै आएको बाढीपहिरोका कारण दैलेखमा तीनजनाले ज्यान गुमाएका छन् । एकजना बेपत्ता भएका छन् ।

दैलेखका ठाँटीकाँध गाउँपालिका– ४ गैरागाउँमा मंगलबार राति आएको पहिरोले घर पुरिँदा ११ वर्षीय जनक कठायतको मृत्यु भएको छ भने अन्दाजी १२ वर्षीय बालक लोकेश कठायत बेपत्ता भएका छन् ।

एकैघरका अन्य पाँचजना घाइते भएका छन् । घाइतेको उपचारका लागि सदरमुकाम ल्याउने तयारी भइरहेको छ भने बेपत्ताको खोजीकार्य भइरहेको छ । पहिरोले गाउँ नै जोखिममा भएपछि बिसल्लाका १५ घर परिवारलाई अन्यत्र सारिएको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले जानकारी दिए ।

लगातार वर्षा भइरहेका कारण उद्धारमा समस्या भएको शाहीको भनाइ छ । प्रहरी र पालिकाका जनप्रतिनिधिहरू घटनास्थलतर्फ गएका छन् ।

त्यस्तै दैलेखको भगवतीमाई गाउँपालिका– ५ कट्टीमा आएको पहिराले घर भत्काउँदा बलबहादुर रावतको मृत्यु भएको छ । अन्य परिवारहरू अलग घरमा सुतेको र बलबहादुर मात्रै सुतेको घर पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

दैलेखको नौमूले गाउँपालिका– ५ भित्रीखोलाछेउमा खोलाले बगाएर मृत्यु भएका एकजना पुरुषको शव फेला परेको छ  । उनको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

लगातारको वर्षासँगै कर्णाली राजमार्गको दैलेख खण्ड अवरुद्ध भएको छ । कर्णाली राजमार्गमा पर्ने रामाघाट बजार डुबानमा पर्ने खतरा भएपछि गएरातिबाटै रामाघाट बजारमा बसोवास गर्ने स्थानीयलाई प्रहरीले उद्धार गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...