सिन्धुपाल्चोकमा बाढी पहिरो पीडितलाई रोयल बरो अफ ग्रीनह्वीच नेप्लीज सोसाइटी युकेको सहयोग

Sindhupalchok rahat

सिन्धुपाल्चोक । रोयल बरो अफ ग्रीनह्वीच नेप्लीज सोसाइटी युकेले नेपाली वेलफेयर सोसाइटी युकेको संयोजनमा बागमती प्रदेश सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका –२, तातोपानी कोदारीमा राहत वितरण गरेको छ ।

केही समयअघि गएको बाढी पहिरोबाट पीडित बनेका र विस्थापित बनेका ५० घर परिवारलाई भोटेकोशी गाउँपालिका –२, तातोपानी कोदारीमा राहत वितरण गरिएको हो । उनीहरुलाई प्रति घर एकबोरा चामल, पाँच किलो दाल, दुई लिटर तेल र दुई पाकेट आयो नुन वितरण गरिएको संस्थाकी अध्यक्ष शर्मिला हिराचन थकालीले बताइन् ।

राहत वितरण कार्यक्रममा वागमति प्रदेशका उधोग पर्यटन, बन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपालले जुम कन्फरेन्समार्फत सम्बोधन गरेका थिए । मन्त्री नेपालले कोरोना महामारी एवं भर्खरै आएको पहिरोको जोखिमबाट बिस्थापितहरुलाई राहत उपलब्ध गराएर आरजिएनएस युके वास्तवमा दुःखी पीडित नेपालीहरुको आत्मीय साथी बन्न सफल भएको बताए ।
विदेशमा रहेर पनि संकटको यस अवस्थामा मातृभूमिलाई सम्झिएर विषम् परिस्थितिमा राहत उपलब्ध गराएर संस्थाले अतुलनीय मानवीय काम गरेको बताउँदै सहयोगी नेपाली मनहरुप्रति आभार ब्यक्त गरे ।

‘बाचौं र बचाऔं’ अभियानका अभियन्ता तथा राहत वितरणको संयोजन गर्ने नेपाली वेलफेयर सोसाइटी युकेका अध्यक्ष एबं एनआरएन युके कार्यसमिति सदस्य धनबहादुर सार्कीले कोरोना भाइरसको महामारीको सामना गरिरहेका र पहिरो पीडितलाई एकल र सहकार्यमा यो साढे तीन महिनाको अवधिमा सातवटै प्रदेशमा १७ जिल्लाका ७ सय ३७ घर परिवारलाई खाद्यान्न राहत उपलब्ध गरिएको बताए ।

रोयल बरो अफ ग्रीनह्वीच नेप्लिज सोसाईटी युके अध्यक्ष शर्मिला हिराचन थकालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन गर्दै संस्थाका उपाध्यक्ष जित रानाभाटले यसअघि रुकुमको सानिभेरी, बाग्लुङको गलकोट र तनहुँको घिरिङ र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका –२, तातोपानी कोदारीमा समेत गरि २ सय घर परिवारलाई सोसाइटीले राहत उपलब्ध गरिएको बताए ।

राहत वितरणलाई स्थानिय रुपमा दलित विकास समितिका कार्यकारी निर्देशक डा. बुद्धि नेपाली, भोटेकोशी गाउँपालिकाका उपप्रमुख दाफुटी शेर्पा, गाँउपालिकाका प्रवक्ता राजु घतानी, गाँउपालिकाकै वडा नं. २ का कार्यवाहक अध्यक्ष दोर्जे शेर्पा, गाँउपालिकाका सदस्य पेमा डोल्मा तामाङ, गोर्खा अर्गानिक फर्म काभ्रे, गोर्खा रेडियो पोखराका अध्यक्ष, तथा तमू धिं यूकेका नेपाल प्रतिनिधि मेजर लक्ष्मी प्रसाद गुरुङ लगायतले सहजीकरण गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...