कोरोनाबाट ललितपुर र धरानमा २ महिलाको मृत्यु

Corona death all use

काठमाडौं । कोरोना संक्रमणबाट भक्तपुरकी एक महिलाको ललितपुरको पाटनमा मृत्यु भएको छ ।

पाटन अस्पतालमा उपचाररत ६१ वर्षीया महिलाको आज विहान निधन भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । उनी भक्तपुर सुर्यविनायक निवासी रहेको कार्यालयले जनाएको छ ।

यता, धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६७ वर्षीय महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मोरङको बूढीगंगा –२ की उनको उपचारका क्रममा मृत्यु भएकाको हो ।

मंगलबार बिहान २ बजे अस्पताल भर्ना भएकी उनको साँझ पौने पाँच बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले बताए । उनका अनुसार मृतकको मुटुको रोगको उपचार हुँदै आएको थियो ।

 

प्रतिकृया दिनुहोस