आज मध्यराती १२ बजेदेखि भदौं १० गतेसम्म उपत्यकाभित्र निषेधाज्ञा, के गर्न पाइन्छ ? के गर्न पाइँदैन ?

Road in lockdown

काठमाडौं । काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमण नियन्त्रण भन्दा बाहिर जाने अवस्था आएपछि आज मध्यराती १२ बजेदेखि तीन वटा जिल्लामा निषेधाज्ञा हुँदैछ ।

कोरोनाको संक्रमण बढ्दै गएपछि सोको रोकथाम र न्यूनीकरणको उद्देश्यसहित मंगलबार उपत्यकाका (काठमाडौं, ललितपुर र भक्तपुर) तीन जिल्लाको सुरक्षा समितिको संयुक्त बैठकले कोरोना संक्रमण थप फैलिन नदिन आज राती १२ बजेदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेका थिए ।

सोही निर्णयअनुसार निषेधाज्ञा लागू भएपछि औषधि खाद्यवस्तु तथा अत्य अत्यावश्यक उपभोग्य वस्तु तथा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट निस्कन पाउने छैन ।

अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व्यापार व्यवासाय सञ्चालनमा रोक लगाइएको छ भने अत्यावश्यक सामग्री लगायतका मालबाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायको सवारीसाधनबाहेक उपत्यकाभित्र अरु सवारीसाधन प्रवेश निषेध गरिएको छ ।

कोरोना संक्रमणको जोखिम नियन्त्रण, रोकथाम, उपचार तथा व्यवस्थापन कार्यमा खटिनुपर्ने र अत्यावश्यक सेवा भनि नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउजाउ गर्नपर्ने कर्मचारीको हकमा सम्बन्धित कार्यालयले जारी गरेको फोटोसहितको परिचयपत्रको आधारमा बिहान ९ देखि १०ः३० र बेलुकी ३ देखि साढे ५ बजेसम्म आवागमन गर्ने बाहेकको समयमा सवारी साधन सञ्चालन गर्न दिइने छैन ।

औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास तरकारी, फलफूल दूध, दूरसञ्चार, फोहोर बोक्ने गाडी जस्ता अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ भने कुनै पनि मेला महोत्सव जात्रा, भिडभाड जस्ता गतिविधिमा पनि रोक लगाइएको छ ।

अत्यावश्यक कार्यका लागि घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयाग तथा न्यूनतम भौतिक दूरी कायम गर्नुपर्ने नियम बनाइएको छ ।

दैनिक नित्यपूजा बाहेकको धार्मिक तथा सांस्कृतिक गतिविधि, शैक्षिक संस्था, प्रशिक्षण केन्द्र, भाषा कक्षालगायत पनि सञ्चालन गर्न पाइने छैन । सबै प्रकारका तालिम, गोष्ठी, सभा, सेमिनार, चिडियाधर लगायत खोल्न तथा सञ्चालनमा पनि रोक लगाइएको छ ।

फुटपाथ वा खुल्ला ठाउँमा र ठेलागाढा वा साइकलमा हुने विभिन्न व्यवसाय सञ्चालन तथा कवाडी संकलन रोक लगाइनुका साथै होटल, रेष्टुराँ सञ्चालन गर्न पनि पाइने छैन ।

बैंकिङ सेवा लगायत विभिन्न निकायहरुले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवा गर्ने व्यवस्था मिलाउन भनिएको छ तर सो सम्भव नभए न्यूनतम कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने गराउने गरी आवश्यक सेवा प्रवाह गर्न दिइने छ ।

हवाई उडानबाट विदेश जानेहरुको हकमा पासपोर्ट, भिषा, कन्र्फम हवाई टिकट देखाए एयरपोर्ट जानका लागि सवारी साधनको व सहजीकरण गर्न सकिने पनि निर्णयमा उल्लेख छ ।

अत्यावश्यक उपभोग्यवस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने तथा मूल्यवृद्धि गर्नेलाई कानुनबमोजिम कारबाही हुनेछ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...