चितवन मेडिकल कलेजमा आजदेखि पिसिआर परीक्षण सुरु

Chitwan medical college s2lvomuhav

काठमाडौँ । सरकारी प्रयोगशालामा मात्र पिसिआर परीक्षण हुँदै आएकामा आजदेखि निजी खर्चमा जिल्लावासीले कोरोना भाइरस सङ्क्रमणको परीक्षण गर्न पाउने भएका छन् । यहाँ रहेको चितवन मेडिकल कलेजले आज देखि निजी खर्चमा पिसिआर परीक्षण सुरु गरेको छ ।

सरकारी प्रयोगशालामा मात्र पिसिआर परीक्षण हुदै आएकोमा आजबाट निजी खर्चमा कलेजले सर्बसाधारणको कोरोना भाईरस संक्रमणको परीक्षण सुरु गरेको हो । कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार पहिलो दिन आज अस्पतालका स्वास्थ्य कर्मी, कर्मचारी र निजी खर्चमा परिक्षण गर्न चाहनेको नमुना जाँच गरिदैं छ ।

यहाँ गरिएको पहिलो परिक्षणको नतीजा मध्ये केही पुनः परिक्षणका लागि भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा पठाईने उनले जानकारी दिए । कलेजका अध्यक्ष एबं प्रबन्ध निर्देशक प्रा.डा.हरिशचन्द्र न्यौपानेका अनुसार सरकारले तोकेको एउटा नमुनाको रु ५ हजार ५ सयमा १० प्रतिशत थप गरि शुल्क लिईने छ ।

नमुना परीक्षणका लागि रु ६ हजार ५० लिईने उनले जानकारी दिए ।  कलेजले भित्र्याएको पिसिआर उच्च स्तरको हो । ६ घण्टामा ४ सय जनाको नमुना परीक्षण गर्न सकिने न्यौपानेको भनाई छ । कलेजमा पिसिआर परीक्षण गर्न सक्ने ८ जना प्राबिधिक रहेका छन् । दैनिक १८ घण्टा संञ्चालन गर्दा १ हजार २ सय जनाको स्वाब परिक्षण गर्न सकिने छ । कलेजले जडान गरेको पिसिआर उपकरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको जस्तै हो ।

प्रयोगशाला निर्माणमा रु ५ करोड ४० लाख खर्च भई सकेको कलेजले जनाएको छ । भरतपुर अस्पतालको प्रयोगशालामा मन्त्रालयको निर्देशिका वाहेककाले परीक्षण गर्न नपाउने भए पछि आँफै शुल्क तिरेर परिक्षण गर्न चाहनेले अबसर पाएका थिएनन् । निजी स्तरबाट प्रयोगशाला संञ्चालनमा आए संगै पैसा तिरेर परीक्षण गर्ने अवसर पाउने भएका हुन् ।

जिल्लामा दैनिक कोरोना संक्रमण वढ्दै गएको छ । भरतपुर अस्पतालमा संकलन भएको नमुनाको संख्या थपिदैं गए पछि नतिजा आउन एक साता सम्म कुर्नु पर्ने बाध्यता रहेको छ ।ठूला संघ संस्था, बहुराष्ट्रिय कम्पनिहरुले कर्मचारी र मजदुरको नमुना परीक्षण का लागि कुराकानी गरिरहेको उनले जानकारी दिए । 

प्रतिकृया दिनुहोस