कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप एकको मृत्यु

Corona 13 e1590631748141

काठमाडौँ । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप एकजनाको ज्यान गुमेको छ । तनहुँ व्यासकी ५० वर्षीया महिलाको कास्की सेवा अस्पतालमा उपचारकै क्रममा ज्यान गुमेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले पुष्टि गरे ।

सोमबार राती ज्यान भएकी ति महिलाको पिसिआर रिपोर्ट मंगलबार बिहान मात्रै आएको हो । आइतबार कास्की सेवा अस्पतालमा भर्ना भएकी ति महिलाको सोमबार उपचारका क्रममा ज्यान गुमेको हो ।  उनको दाहसंस्कारको तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुभाष हमालले जानकारी दिए ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । यसअघि स्याङ्जाका दुई , बागलुङ, कास्की र गोरखाका एकरएक एक जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

गण्डकी प्रदेशमा मंगलबार बिहान थप आठ जनामा कोरोना संक्रमण भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ । योसंगै प्रदेशमा हालसम्म संक्रमितको संख्या एक हजार सात सय ६४ जना पुगेको छ ।
 

प्रतिकृया दिनुहोस