चर्चित भारतीय शास्त्रीय गायक पण्डित जसराजको निधन

1597711730 jasraj

एजेन्सी । भारतका चर्चित शास्त्रीय गायक पण्डित जसराजको निधन भएको छ । ९० वर्षीय उनको अमेरिकाको न्युजर्सीस्थित घरमा हृदयाघातबाट निधन भएको हो। उनी भारतको पद्मविभुषणबाट सम्मानित थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जसराजको निधनप्रति शोक व्यक्त गरेका छन् ।

उनले भनेका छन्, जसराजको निधनले भारतीय शास्त्रीय संगीतलाई अपूरणीय क्षति भएको छ, उनको संगीत आफैंमा उत्कृष्ट थियो, कैयौं गायकका लागि असाधारण गुरुका रुपमा थिए, उनका प्रशंसक र परिवारप्रति मेरो समवेदना । राष्ट्रपति रामनाथ कोविन्दले पनि ट्वीट गर्दै पण्डित जसराजको निधनप्रति शोक व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...