दिउँसै टिल्ल परेका कांग्रेस सभापति बस्नेतले बजारमा उधुम मच्चाएपछि...

Balkrishna basnte sindhupalchok

सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ का सभापति हुन् बालकृष्ण बस्नेत । कतिपयले उनलाई समाजसेवी पनि भन्छन् । तर, सोमबार दिउँसै मादक पदार्थ सेवन गरेर बाह्रविसे बजारमा उदण्ड मच्चाएर लोक हसाएका छन् ।

सोमबार उनी निक्कै फरक दृष्यमा देखिए । सिन्धुपाल्चोक बाह्रविसे बजारमा उनी सोमबार दादागिरी मच्चाइरहेका थिए । जुन दृष्य स्थानीयका लागि पाच्य थिएन पनि । उनी नगरपालिकाका करार कर्मचारी लालबहादुर तामाङमाथि पटकपटक झम्टिँदै थिए । घरी बस्नेत बा १३ च ७८८५ नम्बरको आफ्नै गाडीमा तामाङलाई लखेट्दै अघि बढ्थे । घरि तथानाम गाली गर्थे ।

गाडीबाटै लामाङलाई लखेट्दै गर्दा नगरपालिक चोकमा रहेका दुई युवाले बस्नेतलाई सम्झाएर गाडीमा हालेका थिए । बस्नेतले नगरपालिक चोकमा आएर नगरपालिकाभित्र प्रवेश गर्न खोजे पनि ती युवाले रोकेका थिए ।

जुन दृष्य सिसिटीभी फुटेजमै देख्न सकिन्छ । त्यहाँबाट अघि बढेका बस्नेतले जुरेमा रहेको क्रसरमा पुगेर एउटा मालवाहक टिपर गाडी तोडफोडसमेत गर्न भ्याए । क्रसरको बा ३ क ३४२९ नम्बरको टिपर बस्नेतले ढुगामुडा गरेर तोडफोड गरेको क्रसर सञ्चालक बताउँछन् ।

जिल्ला प्रशासन कार्यालयले सिन्धुपाल्चोकमा लकडाउन गरेको छ । तर शक्तिको आड देखाउँदै क्षेत्रीय सभापति बस्नेत भने दिउँसै मादक पदार्थ सेवन गरेर नगरबासीलाई त्रसित बनाइरहेका छन् । 

क्षेत्रीय सभापति बस्नेत नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा मोहनबहादुर बस्नेतका काकाको छोरा हुन् । पूर्वमन्त्री बस्नेतका बुवाको मृत्यु भएको १२ औं दिन भएको छ । उनी शोकमा केश मुण्डन गरेर दिउँसै मादक पदार्थ सेवन गरी बाह्रविसे नगरपालिकाका कर्मचारीमाथि हातपात गर्न तम्सिए ।

बिहानैदेखि नशामा झुम्मिएर बसेका सभापति बस्नेतले बाह्रविसे बजारको चण्डेश्वरी होटल नजिकै चोकमा नगरपालिकामा करारमा कार्यरत लालबहादुर तामाङलाई कुटपिट गर्न खोजेका थिए । आफूलाई कुटपिट गर्न खोजपछि उनी भागेर नगरपालिकामा आएर लुकेका थिए ।

बस्नेतविरुद्ध उजुरी
क्षेत्रीय सभापति बस्नेत आफुलाई कुटपिट गर्न खोजेको र ज्यानमार्ने धम्की समेत दिएपछि तामाङले इलाका प्रहरी कार्यालय बाह्रविसेमा उजुरी दिएका छन् । उजुरीमा बस्नेतमाथि कडा कार्वाहीको माग गरिएको छ ।

तामाङले आफ्नो जिउधनको सुरक्षाको माग समेत गरेका छन् । तर प्रहरीले अहिलेसम्म बस्नेतलाई पक्राउ गरेको छैन । किनकी उनी सो क्षेत्रका डनसमेत हुन् । उनलाई प्रहरीले हम्मेसी चलाउन सकेको छैन । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...