मन्त्रिपरिषद बैठक : लकडाउन, कर्फ्यू लगाउने वा सिल गर्ने भन्नेबारे मंगलबार टुंगो लाग्ने

Mantriparisad baithak

काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या बढिरहेका बेला देशभर लकडाउन, कर्फ्यू लगाउने वा निश्चित ठाउँ सिल गर्ने भन्नेबारे मंगलबार मात्रै टुंगो लाग्ने भएको छ ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा लकडाउनबारे व्यापक छलफल भए पनि कुनै निर्णय भएन । मन्त्रिपरिषदको बैठकमा लकडाउन, कर्फ्यू लगाउने वा निश्चित ठाउँ सिल गर्ने भन्ने विषयमा टुंगो नलाग्दा लकडाउन गर्ने या नगर्ने भन्ने बारेमा अनिर्णित बनेको छ ।

सोमबारको बैठकमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कस्तो विधि अपनाउने भन्नेबारे संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक मंगलबार बस्ने र सोही बैठकले ल्याएका प्रस्तावका आधारमा बुधबार मन्त्रिपरिषद् बैठक बसेर निर्णय लिइने भएको छ ।

मन्त्रीहरुको सुझावअनुसार नै मंगलबार सीसीएमसीको बैठक बस्ने र लकडाउनको मोडालिटीबारे छलफल गर्ने भएको छ । त्यसपछि सीसीएमसीको टोली र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सामूहिक बैठकपछि लकडाउनबारे निचोडमा पुग्नेछ । त्यसपछि बस्ने मन्त्रिपरिषद बैठकले निर्णय गर्नेगरी आजको बैठकमा छलफल भएको एक मन्त्रीले बताए ।

देशभर धेरै जिल्लामा निषेधाज्ञा जारी गरेको र संक्रमण दिनदिनै बढेकाले लकडाउनको तयारीमा सरकार पुगेको छ । तर, कस्तो मोडालिटीमा लकडाउन गर्ने भन्नेबारे छलफल गरेर निर्णयमा पुग्ने सरकारको तयारी छ ।

बुधबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट निजी अस्पताललाई कोरोना संक्रमितको उपचारमा कुन विधिबाट प्रयोगमा ल्याउने भन्नेबारे निर्णय हुनेछ ।

निजी अस्पताललाई प्रयोग गर्ने, भेन्टिलेटरका व्यवस्था गर्ने भन्ने निर्णय सीसीएमसीको खाकामा मन्त्रिपरिषद्ले निर्णय गर्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...