पछिल्लो २४ घण्टामा काठमाडौँमा उपत्यकामा थपिए १६८ संक्रमित

1590588492 frwvd

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ सय ६८ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौँ १ सय ३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जना गरि १ सय ६८ जनामा कोरोना देखिएको बताएका हुन् ।

पछिल्लो २४ घन्टामा ५ सय ८१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये १७ हजार ४ सय ९५ जना उपचारपछि घर फर्किएका छन् भने १ सय ७ जनाको ज्यान गएको छ ।

 


 

प्रतिकृया दिनुहोस