महारानीले किन हटाइन् राजकुमार ह्यारी तस्विर ? यस्तो छ कारण

Harry elizabethh

लण्डन । बेलायतको राजनीतिक गतिरोधसँगै यहाँको राजपरिवारमा पनि किचलो सुरु भएको छ । आपसी मतभेद् अब अलग बस्नेसम्म पुगेको छ ।

हालै आईटिभीले ह्यारीबारे बनाएको डकुमेन्ट्रीबाट पनि परिवारभित्रको विवाद बाहिरियो । बेलायती महारानी एलिजाबेथले ह्यारी र मेघनको तस्बिर आफ्नो कोठाबाट झिकेकी छन् । त्यस ठाउँबाट विलियम र केटको तस्बिर भने उनले हटाएकी छैनन् ।

राजकुमार ह्यारी र उनकी पत्नी मेघन मार्केल देश नै छाडेर दक्षिण अफ्रिका जाने तयारी गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

२०१८ मा मात्रै ‘हेलो म्यागजिन’ले प्रकाशित गरेको समाचारमा एलिजाबेथको कोठामा ह्यारी र मेघनको तस्बिर थियो । पछिल्लो समय भने त्यो तस्बिर त्यो कोठाबाटै हटाइएको छ ।

एलिजाबेथको यस्तो निर्णयलाई लिएर धेरैले पारिवारिक मतभेद्सँग जोडेर टिप्पणी गरेका छन् । त्यसो त, राजपरिवारबारे मेघनको टिप्पणीप्रति एलिजाबेथ असन्तुष्ट थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...