१५ अर्बमा अन्तरदेशीय ग्यास पाइपलाइन विस्तार हुने, मन्त्रीले गरे शिलन्यास

Pipeline udghatan matrika adhav

अमलेखगंज । मोतिहारी–अमलेखगंज अन्तरदेशीय ग्यास पाइपलाइन विस्तार सम्पन्नपश्चात उत्साही बनेको नेपाल आयल निगमले अर्को दुई महत्वपूर्ण आयोजना अघि सारेको छ ।

निगमले मोतीहारी अमलेखगन्ज ग्यास पाइपलाइनलाई चितवन (लोथर) सम्म बिस्तार गर्न सर्वे सुरु गरेको छ । निगमले शनिबार अमलेखगन्जमा कार्यक्रम गरेर सर्वेक्षणका लागि शुभारम्भ गरेको हो । सर्वेको शुभारम्भ उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले गरे ।

चितवनको लोथरसम्म इन्धन र ग्यासको पाइपलाइन विस्तार गर्ने योजनामा रहेको निगमले लोथरमै भण्डारण गर्ने पूर्वाधारसमेत निर्माण गर्ने भएको छ । निगमले आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले पिलर गाडेर सर्भेको सुरुवात गरेका हुन् ।

पाइपलाइनपश्चात् लोथरमा इन्धन भण्डारण गर्न डीपो पनि निर्माण गरिने छ । लोथरमा १ लाख किलोलिटरको इन्धन भण्डारण बनाइने छ। एलपी ग्यास २० हजार टन क्षतमाको बनाइने उल्लेख छ । यस परियोजनाको लागत विस्तृत सम्भाव्यता अध्ययनबाट मात्रै एकिन हुनेछ ।

सर्वेक्षण टोलीले मोतीहारीदेखि चितवनसम्म खाना पकाउने एलपी ग्यास पाइपलाइन परियोजनाको पनि सर्वेक्षण गर्नेछ। इन्धनको सहज ढुवानी गर्न मोतीहारीदेखी अमलेखगन्जसम्म ३६.८ किलोमिटरको पाइपलाइन ल्याइसकेको छ । यसलाई थप विस्तार गर्दे लोथरसम्म विस्तार गर्ने लक्ष्य निगमको छ ।

सर्वे निगम र भारतीय आयल कर्पोरेसन्सले संयुक्त रुपमा गर्नेछ । निगम र आइओसीको सयुक्त टोलीले ४ प्रकारका सर्वे गर्नेछन् । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार लोथरसम्म एलपी ग्यासको पाइपलाइनसँगै भण्डारण पनि बनाउने लक्ष्य छ ।

यस परियोजनाअर्न्तगत अमलेखगन्जदेखि लोथरसम्मको ग्यास पाइपलाइनको लम्बाई ६२ किलोमिटर हुनेछ । नेपाल भारत बोर्डर वीरगन्जदेखि अमलेखगन्ज हुँदै चितवनसम्मको एलपी ग्यास पाइपलाइन ९८ किलोमिटर हुने जनाएको छ । पाइपलाइनको क्षमता २ सय ९० किलोलिटर प्रतिघण्टा र एलपी ग्यासको करिब १०० टन प्रतिघण्टा हुने प्रवक्ता गोइतले बताए ।

इन्जिनियरिङ अध्ययन संस्थानको प्रारभिक अनुमानले भने पाइपलाइन निर्माणमा ५ अर्ब ६७ करोड लाग्ने उल्लेख छ । भण्डारण निर्माणमा ४ अर्ब १९ करोड गरी कुल ९ अर्ब ८६ करोड खर्च हुने जनाएको छ । एलपी ग्यासको हकमा पाइपलाइन निर्माणमा ११ अर्ब १९ करोड भण्डारण निर्माणमा ३ अर्ब ८१ करोड गरेर कुल १५ अर्ब लाग्ने जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अब शिक्षकको पनि निजामती कर्मचारी सरह बढुवा

Teacher

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक पनि निजामती कर्मचारी सरह बढुवा हुन पाउने भएका छन् ...