तिहारको मुखै खुल्यो नेपाल राष्ट्र बैंकमा जागिर

Rastra bank bilding

काठमाडौं । तिहारको मुखै नेपाल राष्ट्र बैंकले सहायक निर्देशकसहित विभिन्न पदका लागि ६७ जना कर्मचारी माग गरेको छ ।

बैंकले कात्तिक २८ गतेसम्म आवेदन दिनुपर्ने समय तोकेको छ । दोब्बर दस्तुर तिरेर भने मंशिर ५ गतेसम्म अनलाईमार्फत आवेदन दिन सकिने बैंकले जनाएको छ । 

बैंकले विज्ञापन आह्वान गर्दै प्रशासनतर्फ २८ जना सहायक निर्देशक (अधिकृत तृतिय) र लेखातर्फ सहायक निर्देशक (अधिकृत तृतीय), लेखा परिक्षणतर्फ ८ जना र सहायक (सहायक द्वितीय) मा ३१ जना गरी ६७ जना कर्मचारी माग गरेको हो ।

बैंकले सहायक निर्देशकका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेका वाणिज्यशास्त्र, अर्थशास्त्र र व्यवस्थापन वा जनप्रशासनमा स्नातकोत्तर पास गरेको हुनुपर्ने योग्यता तोकेको छ । लेखा र लेखापरीक्षणका लागि सीए, एसीसीए वा सीपीए गरी मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर गरेका २१ देखि ३५ वर्षसम्मका कर्मचारी माग गरिएको छ ।

सहायक द्वितीयका लागि १८ वर्ष पूरा भएका, ३५ वर्ष ननाघेका र १२ कक्षा उत्तिर्ण गरेको हुनुपर्नेछ । तर महिलाको हकमा भने ४० वर्षसम्मको उमेर हद तोकिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...