प्रचण्डले ‘म ओरिजिनल माओवादी होइन’ भनेपछि...

Prachanda 3

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मोरङले शुक्रबार गरेको चियापान कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘म ओरिजिनल माओवादी होइन’ भनेर दिएको अभिव्यक्तिले मुलुकभरि तरंग उत्पन्न गरिदिएको छ ।

१२ वर्षसम्म जनयुद्ध गरेर दुई पटक प्रधानमन्त्री बनेका दाहालले अहिले आएर आफूलाई माओवादी होइन भनेर ब्याख्या गर्नुप¥यो भनेर धेरैले आश्चर्य व्यक्त गर्न थालेका छन् ।

हुन त दाहालको राजनीतिक गुरु मोहन बैद्य ‘किरण’ले भन्दै आएको आरोप पुष्टि भएको छ । बैद्यले दाहाल र उनको टिमलाई नक्कली माओवादी भनेर ब्याख्या गर्दै आएका थिए ।

तत्कालीन एमाले र एकता केन्द्रबीच एकताको प्रसंग निकाल्दै भनेका छन्, ‘म पनि ओरिजिनल मसाल र ओरिजिनल माओवादी होइन, चौथो अधिवेशनको मदन भण्डारी हो भन्न पनि चाहँदिनँ ।’

‘०४६ सालमा तत्कालीन एमाले र एकता केन्द्रलाई मिलाउन मदन भण्डारीसँग छलफल भएको थियो’, उनले भने, ‘पछि हामीले एकीकरणकै एजेन्डा बनाएर छलफल मिति, कार्यक्रम तय गरी खानेकुराको लिस्टसमेत बनाएका थियौं तर दुर्भाग्य उहाँको हत्या भयो र एकता हुन सकेन । एकता भएको भए देशलाई १००–५० वर्षअगाडि ल्याउन सकिन्थ्यो ।’

त्यति मात्रै होइन्, उनका पूर्ववर्ती सहकर्मी डा. बाबुराम भट्टराईले पनि उनको आलोचना गरेका छन् । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले नेकपा अध्यक्ष प्रचण्डलाई ओरिजनल माओवादी नभए डुप्लीकेट माओवादी हो ? भनेर प्रश्न गरेका छन् ।

डा. भट्टराईले लेखेका छन्, ‘पुष्पलाल ओरिजनल नभएपछि उनका राजनीतिक सन्तान पनि हुने कुरा भएन । आखिर तपाईंको ओरिजनल र डुप्लीकेट अवतार कसरी चिन्ने ?’

डा. भट्टराईले ‘मेरा परम मित्र प्रचण्डलाई केही प्रश्न’ भन्दै ट्वीटरमा लेखेका छन्, ‘तपाईं ओरिजनल माओवादी नभए के तपाईँ डुप्लीकेट माओवादी हो रु यो तालले त कुनै दिन तपाईंले आफूलाई ओरिजनल कम्युनिष्ट पनि थिइनँ भन्नुपर्ला । किनकि पुष्पलालको हातबाट पार्टी सदस्यता लिएकाले त्यसो भन्ने हो भने पुष्पलाल स्वयं शुरूमा काँग्रेस हुनुहुन्थ्यो ।’

जनयुद्धका बेला दाहालले हज्जारौँ जनताका छोराछोरीलाई माओवादीको नाममा आन्दोलनमा सहभागी गराए । अहिले आएर दाहालले आफूलाई नक्कली माओवादी भनेर ब्याख्या गरेपछि उनको ईमान्दारितामो प्रश्न उठेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...