फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, अब पेट्रोलको मुल्य १०५ रुपैयाँ पर्ने

Nepal ol nigam bilding

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मुल्य बढेसँगै अबदेखि पेट्रोलको प्रतिलिटर १ सय ५ रुपैयाँ, डिजेल र मटितेल ९१र९१ रुपैयाँ कायम गरिएको छ ।

निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटर १ रुपैयाँ बढाएको छ । अगस्ट १६ मा भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीमा भाउ बढेर मूल्य प्राप्त भएपछि इन्धनको मूल्य बढाउन निगम बाध्य भएको प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

‘इण्डियन आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूचीअनुसार मूल्य केही हेरफेर भएको छ । पेट्रोल, डिजेल र मटितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १/१ रुपैयाँ बढाउने निर्णय भएको छ,’ उनले भने, ‘मूल्य समायोजनपश्चात् पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ५ रुपैयाँ, डिजेल र मटितेल ९१/९१ रुपैयाँ कायम गरिएको छ ।’

निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...