तिहार गीत : भाई छ परदेशमा

Devi kafle tihar song

ढकमक्क फूल्यो सयपत्री हेर यो मेरो घरदेशमा
यो साल पनि ओइलाउने भयो, भाई छ परदेशमा ।

मखमली फूल्यो मार्सी धान झूल्यो त्यो गैह्री खेतमा
साहुका भेडा चराउँदै होला मरूस्थल रेतमा ।

बाआमा रून्छन् सम्झेर भाई बसेर कौसीमा
नरक फाल्न जाँगर छैन तिहारे औंशीमा ।

दुखाई आत्मा पानी नी नखाई मखमली मुरझायो
तिन बर्ष भयो परदेशमा भाईलाई खै केले अल्झायो ।

शुन्य छ घरगाऊ शुन्य छन् फूल आउँदैनन् भमरा
दशैंमा पनि सुकेरै गयो टिका र जमरा ।

कसरी फोरु दैलोमा ओखर आसनमा भाई छैन
थालीको टिका रंगहीन भयो रङ भर्ने कोई छैन ।

मखमली माला ओखरको घांजी अगाडी फोटो छ
घर सम्झी फर्क हे मेरो भाई यो जीवन छोटो छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अब शिक्षकको पनि निजामती कर्मचारी सरह बढुवा

Teacher

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक पनि निजामती कर्मचारी सरह बढुवा हुन पाउने भएका छन् ...