पछिल्लो २४ घण्टामा ६४१ जनामा संक्रमण, नेपालमा संक्रमितको संख्या २६ हजार ६६० पुग्यो

254535

काठमाडौँ । पछिल्लो २४ घन्टामा देशभर ६ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २६ हजार ६ सय ६० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ सय ४१ जनामा नयाँ संक्रमण फेला परेको हो । आइतबार बरिष्ट चिकित्सकदेखि नेपाल प्रहरीका दुई डिआइजीसमेतलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३४  जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए । यससँगै अहिलेसम्म डिस्चार्ज हुनेहरुको संख्या १७ हजार ३ सय ३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार २ सय ४७ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभर सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ रहेको छ । हाल क्वारेन्टिनमा १५ हजार २ सय ४३ जना रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...