चर्चित र्‍यापर ‘भिटेन’ रिहा

Vtn pakrau

काठमाडौं । चर्चित र्‍यापर समिर घिसिङ रिहा भएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरले ‘भिटेन’ भनिने घिसिङलाई बुवाको जमानीमा रिहा गरेको हो ।

उनलाई भाइटीकाको भोलिपल्ट ललितपुर प्रहरी परिसरमा हाजिर हुन डाकिएको छ । ललितपुर प्रहरी परिसरका एसपी दुर्गा सिंहले बुवाको जमानीमा रिहा गरिएको बताएकी छन् ।

‘हामी यस्तै त हो नि ब्रो’ बोलको गीतमा अश्लील शब्द प्रयोगका साथै लागुऔषध गाँजा खान उक्साएको आरोपमा लगाइएको थियो । म्युजिक भिडियोमा प्रहरीको बर्दी प्रयोग गरेर गाँजासमेत खाएको दृश्य देखाइएपछि भिटेन बुधबार झम्सिखेलबाट पक्राउ परेका थिए ।

घिसिङविरुद्ध अभद्र व्यवहारमा मुद्दा दायर भएको अवस्थामा कसुर पुष्टि भए एक वर्ष कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अब शिक्षकको पनि निजामती कर्मचारी सरह बढुवा

Teacher

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक पनि निजामती कर्मचारी सरह बढुवा हुन पाउने भएका छन् ...