इबोलाविरुद्धको रेमडिसिभिर औषधि कोरोना संक्रमितमा प्रयोग सफल, नेपालले दियो आयातमा अनुमति

Corona vacin rus 32

काठमाडौं । करिव १५ हप्ताअघि कोरोना (कोभिड–१९) संक्रमितको उपचार गर्न अमेरिकाले इबोलाविरुद्धको औषधी लगाउने स्वीकृति दिएको थियो । अहिले नेपालमा पनि इबोलाविरुद्धको रेमडिसिभिर औषधिको प्रयोग सफल भएको छ ।

सरकारले भने यो औषधी प्रयोगका लागि भर्खरै अनुमति दिएको छ । संक्रमितको उपचारका लागि नेपालमा पहिलोपटक प्लाज्मा थेरापी गरिएका विराट मेडिकल कलेजका निर्देशक डा. ज्ञानेन्द्र कार्कीले नै यो औषधी आफूसँगै ल्याएका थिए ।

कोरोना संक्रमण भएपछि उपचारका लागि काठमाडौं ल्याइएका डा. कार्कीले रेमडिसिभिर प्रयोगपछि स्वास्थ्यलाभ गरेका छन्‌ । प्लाज्मा थेरापी र रेमडिसिभिरको प्रयोगबाट कोरोना संक्रमितको उपचार गरेका चिकित्सकहरूले यी दुवै विधि नेपालमा करिब–करिब सफल भएको दाबी गरेका छन् ‌।

अमेरिकाले कोरोना संक्रमितलाई इबोला विरुद्धको औषधी दिँदै शिक्षण अस्पतालका चिकित्सकहरूका अनुसार इबोलाको औषधी दिइएका डा. कार्कीको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख रहेको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्‌ले भने रेमडिसिभिरको प्रयोग क्लिनिकल अध्ययनका लागि मात्रै प्रयोग गर्न सक्नेगरी अनुमति दिएको छ । औषधि व्यवस्था विभागले पनि यो औषधी आयातका लागि स्वीकृति प्रदान गरेको छ । यसअघि विभिन्न देशमा चिकित्सकहरूले गम्भीर अवस्थामा पुगेका संक्रमितलाई यो औषधि दिँदै आएका थिए ।

बेलायतमा बाथ र दमको उपचार गर्न प्रयोग हुने डेक्सामेथासोनको प्रयोग गरी गम्भीर अवस्थाका कैयौं बिरामीलाई बचाइएको छ । आयात गर्न अनुमति संक्रमितको उपचारमा लाभदायी देखिएपछि औषधि व्यवस्था विभागले आयातकर्ताहरूलाई रेमडिसिभिर आयात गर्न अनुमति दिएको छ ।

परिषद्‌ले विभागलाई यो औषधी आयात गर्नका लागि अनुमति प्रदान गर्न पत्राचार गरेको थियो । परिषद्‌ले पत्र पठाएपछि विभागले आयातकर्तालाई रेमडिसिभिर आयात गर्न अनुमति दिएको हो ।

आयातकर्ताहरूलाई भारतको सिप्ला, माइलन र हिटेरो कम्पनीमा उत्पादित रेमडिसिभिरऔषधी आयात गर्न अनुमति दिइएको छ । आयातकर्ताहरूले विभागलाई यी औषधी तीन दिनभित्र ल्याइने बताएका छन् ‌।

यसअघि अवैध प्रयोग कोरोना संक्रमितको उपचारका लागि रेमडिसिभिर प्रयोग गर्न सरकारले यसअघि अनुमति दिएको थिएन । अनुमति नपाए पनि अवैध रूपमै यो औषधी प्रयोग भइरहेको थियो ।

नेपालको बजारमा पर्याप्त मात्रामा नपाइएपछि भारतबाट रेमडिसिभिरको अवैध आयात समेत भएको थियो । संक्रमणका कारण गम्भीर अवस्थामा पुगेका बिरामीहरूलाई यो औषधी लाभदायी देखिएपछि नेपालमा पनि अनुमति दिन चिकित्सकहरूले सरकारसँग आग्रह गर्दै आएका थिए ।

इबोला संक्रमितको उपचारमा प्रयोग हुने यो एन्टिभाइरल औषधि पहिलोपटक अमेरिकाको गिलियड साइन्स नामक कम्पनीले तयार गरेको थियो । हेपाटाइटिस सीबाट संक्रमितलाई उपचार गर्न बनाइएको यो औषधि इबोलाका बिरामीको उपचारमा निकै सफल देखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...