डाक्टर र नर्ससहित आइतबार बिहान ८० जनामा कोरोना संक्रमण पुष्टि

Corona test19

काठमाडौं । आइतबार बिहान देशका विभिन्न ठाउँहरुमा ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा चितवनमा २७ जना, गण्डकी प्रदेशमा थप ६ जनामा र पर्सामा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमितको उपचारमा संलग्न रहँदै आएका भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीसहित ३ वरिष्ठ चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोरोना परीक्षण प्रयोगशालामा गएराति अबेरसम्म गरिएको परीक्षणमा चितवनका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पाँच जना नर्सहरु पनि रहेका छन् ।

गएराति गरिएको परीक्षणमा डा. तिवारीसहित अस्पतालको स्त्री तथा प्रसूति रोग विभागका प्रमुख प्रा.डा. सुनिलमणि पोखरेल र आकस्मिक कक्षका चिकित्सक डा. कृपा पौडेललाई कोरोना पोजेटिभ देखिएको हो ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार अस्पतालकै आकस्मिक कक्षमा काम गर्ने अर्का एक जना नर्सलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि पनि सोही कक्षमा काम गर्ने एक नर्सलाई कोरोना संक्रमण भएको थियो ।

यता, पर्सामा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गएराति गरिएको परीक्षणमा ४७ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा १० महिलासहित ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ । संक्रमित अधिकांश पर्सा जिल्लाकै छन् । २ जना बाराका बाहेक अरू ४५ जना पर्साकै हुन् ।

नारायणी अस्पतालका डाक्टर उदनारायण सिंहका अनुसार संक्रमित हुनेमा नारायणी अस्पतालमा कार्यरत विभिन्न वडाका ७ जना कर्मचारी पनि रहेका छन् ।

त्यस्तै एक जना पत्रकार, प्राइम फर्माका ६ जना पुरुष कर्मचारी, वयोधा अस्पतालका ३ जना कर्मचारी, नारायणी अस्पतालको आईसीयूमा अपचारारत २२ बर्षका १ जना पुरूष र ४२ वर्षका १ जना मृगौला रोगीमा पनि संक्रमण पुष्टि भएको छ ।

वीरगञ्ज महानगरपालिका १३ जना, पोखरिया नगरपालिकाका १२ जना, बहुदरमाइ नगरपालिकाका १ जना पुरुष तथा बाराको महागढीमाई र कलैयाका एक, एक जना पुरूषमा कोरोना संक्रमण पुष्टि भएको डा. सिंहले जानकारी दिए ।

त्यसैगरीगरी, गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा तनहुँका १ र कास्कीका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद बिन्दु शर्माका अनुसार पोखरा उपमहानगरपालिका वडा नं. १६ मा २ पुरुष र २ महिला तथा वडा नम्बर ५ मा एक महिला रहेका छन ।

त्यसैगरी तनहुँको भानु नगरपालिका वडा नम्बर ४ मा एक पुरुष रहेका छन् । संक्रमित सबैलाई सम्बन्धित जिल्लाका आइसोलेसनमा लगिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...