विश्वभर कोरोना संक्रमितको संख्या २ करोड १३ लाख, ७ लाख ६८ हजारको मृत्यु

Corona1 copy

एजेन्सी । विश्वभर कोरोनाबाट संक्रमित हुनेहरुको संख्या २ करोड १३ लाख पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या २ करोड १३ लाख ५९ हजार १ सय ६६ पुगेको हो ।

हालसम्म संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ७ लाख ६८ हजार ८ सय ६४ पुगेको छ भने १ करोड ३३ लाख ६२ हजार ३ सय जना निको भएका छन् ।

हालसम्म अमेरिकामा ५३ लाख ५६ हजार २ सय ४४ जना संक्रमित भएका छन् भने त्यहाँ १ लाख ६९ हजार ४ सय २३ जनाको मृत्यु भइसकेको छ ।

यस्तै, ब्राजिलमा ३३ लाख १७ हजार ९६ संक्रमित र १ लाख ७ हजार २ सय ३२ मृत्यु, भारतमा २५ लाख २६ हजार १ सय ९२ संक्रमित र ४९ हजार ३६ मृत्यु, रुसमा ९ लाख १५ हजार ८ सय ८ संक्रमित र १५ हजार ५ सय ८५ मृत्यु, दक्षिण अफ्रिकामा ५ लाख ८३ हजार ६ सय ५३ संक्रमित र ११ हजार ६ सय ७७ को मृत्यु भएको छ ।

यस्तै, पेरुमा ५ लाख १६ हजार २ सय ९६ संक्रमित र २५ हजार ८ सय ५६ को मृत्यु र मेक्सिकोमा ५ लाख ११ हजार ३ सय ६९ जना संक्रमित र ५५ हजार ९ सय ८ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...