कलाकारले नै किन गर्ने गर्छन् गाँजाको बखान ?

Kalakar gaja news

काठमाडौं । पछिल्लो समय गाँजा खुल्ला गराउनुपर्ने अभियानले गति लिएसँगै केही कलाकारहरुले खुल्लमखुल्ला गाँजाको प्रोत्साहन गर्दै आएका छन् ।

नेपालको कानुनअनुसार गाँजा सेवन अपराधजन्य गतिविधि भए पनि सार्वजनिक कार्यक्रममै आफूले नियमित गाँजा खाने गरेको गर्वसाथ बताउने गरेका छन् । प्रहरीले गाँजा शब्द प्रमोशन गरेको भन्दै गायकहरु पक्राउ गर्न थालेपछि अहिले उनको अन्र्तवार्तामा गाँजा खाएको प्रशंग हटाइएको छ ।

युवा पुस्ताले रुचाइएका गायक हुन् दुर्गेश थापा । ‘हामी पनि नाच्नुपर्छ बीच्चबीच्चमा’ बोलेको तिजे गीतले निक्कै चर्चा बटुल्यो । सोही गीतमा समावेश शब्द ‘बीच्चबीच्चमा’ थेगो नै बनेको छ ।

उनै थापाले तिहारलाई ह्यापी बनाउन ‘ह्यापी तिहार’ बोलको गीत ल्याए । तर त्यो गीत उनका लागि अभिसाप बनेको छ । अर्थात् सोही गीतले उनलाई कष्टडीसम्म पु¥याएको छ ।

उनले म्युजिक भिडियोसमेत अर्ना बियरको प्रवद्र्धन गर्ने मनसायले बनाएका थिए । लय मिलाएर ‘ह्यापी तिहार, ह्याप्पी तिहार चिसो बियर’ शब्दसँगै उनले ‘गाँजा ले गाँजा, खानुपर्छ आज’ शब्द समेत राखेका थिए ।

कर्कश स्वरको गीतमा राखिएको गाँजा खाने आह्वानले उनलाई प्रहरी नियन्त्रणमा पुर्याएपछि उनी युट्युबबाट गीत हटाउन बाध्य भए । गीतको अन्तरा ‘डन आयो डन’ टिकटकमा छाए पनि सामाजिक सञ्जालमा आलोचना भएको थियो ।

प्रहरीको नियन्त्रणमा परेपछि उनले गल्ती भएको भन्दै गीत सच्याउन राजी भएका थिए । उनले गीत संशोधन गर्ने भन्दै आफ्नो आधिकारिक युट्युब च्यानलबाट मंगलबार नै गीत हटाएर बुधबार पून अपलोड गरे । नयाँ गीतको म्युजिक भिडियोमा ‘ह्यापी तिहार, चिसो बियर’ भन्ने शब्द हटाइएको छ भने गाँजा शब्द सेन्सर गरिएको छ ।

उनी प्रहरी नियन्त्रणमुक्त तेस्रो दिन अर्का गायक भिटेन पक्राउ परे । उनलाई ‘हामी यस्तै त हो नि ब्रो’ बोलको गीतमा गाँजा प्रर्वधन गर्दै नेपाल प्रहरीको पोशाक दुरुपयोग गरेका थिए । उनले नेपाल प्रहरीको असइ दर्जाको पोशाक लगाएर गाँजा बनाइरहेको तस्बिर फेसबुकमा राखेका थिए ।

फिल्म निर्माता तथा कलाकार दीपकराज गिरीले केही हप्ताअगाडि एक टेलिभिजन कार्यक्रममा आफूले नियमित गाँजा खाने गरेको बताएका थिए । उनले फिल्म ‘छ माया छपक्कै’ निर्माणताका नियमित गाँजा खाएको बताएका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...