उपनिर्वाचनका लागि उम्मेदवारको छनोट गर्ने काँंग्रेस केन्द्रीय कार्य समितिको बैठक आज

1520395646

काठमाडौँ । नेपाली काँंग्रेस केन्द्रीय कार्य समितिको आज बस्ने भएको छ । बैठकले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूको छनोटका लागि प्रक्रिया सुरु गर्ने भएको छ ।

स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य गरी कुल ५२ स्थानका लागि उपनिर्वाचन हुँदैछ । नेपाली काँग्रेसका सहायक महामन्त्री डा. प्रकाशशरण महतले बैठकले तिहार अघि नै उम्मेदवारको टुङ्गो लगाइसक्ने बताए ।

केही जिल्लाबाट एकल उम्मेदवारको नाम आए पनि कतिपय जिल्लाबाट धेरै उम्मेदवारको नाम आएको डा.महतले जानकारी दिए ।  प्रतिनिधि सभा सदस्यका लागि कास्की क्षेत्र नं. २ का लागि १६ जनाभन्दा बढी उम्मेदवारको नाम केन्द्रमा आएको छ ।

काँग्रेसका मुख्य सचिव पौडेलका अनुसार धरान उपमहानगरपालिकाका लागि तिलक राईको एक मात्र नाम सिफारिस भएको छ । यस्तै पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदमा पनि एकल उम्मेदवारको नाम सिफारिस भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...