संघीय सांसद डा. यादवलाई कोरोना संक्रमण

Dr. suryanarayan yadab

काठमाडौं । संघीय सांसद डा. सूर्यनारायण यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ । जनता समाजवादी पार्टीको तर्फबाट सप्तरी निर्वाचन क्षेत्र १ बाट निर्वाचित सांसद यादवलाई एक बालकको उपचारमा संलग्न हुँदा कोरोना संक्रमण भएको हो ।

असार १८ गते संसदको अधिवेशन अन्त्य भएसँगै सांसद यादव जनकपुर गएका थिए । यसअघि जनता समाजवादी पार्टीकै सांसद प्रदीप यादवमा पनि कोरोना संक्रमण भएको थियो । उनी स्वस्थ भइसकेका छन् ।

पेशाले बाल रोग विशेषज्ञ चिकित्सक सांसद यादव झाडापखलाले सिकिस्त भएका बालकको उपचारमा संलग्न भएपछि आफूमा कोरोना संक्रमण भएको बताउँछन् ।

जनकपुरको एक नर्सिङ होमले ४ वर्षीय बालकलाई झाडापखला भएको र उनको शरीरमा पानीको मात्रा न्यून भएकाले अवस्था गम्भीर भएपछि यादवलाई उपचारका लागि बोलाइएको थियो ।

जनकपुरस्थित घरमै आइसोलेसनमा रहेका बाल रोग विशेषज्ञ डा. यादव आफ्नो क्लिनिकमा जान छोडेको धेरै भइसकेको छ । सम्भवतः पहिल्यै कोरोना संक्रमण भएका बच्चामा क्यानुला जोड्ने क्रममा आफूमा कोरोना भाइरस सरेको हुनसक्ने डा. यादवको भनाइ थियो ।

हाल बच्चाको उपचार धरानको कोरोना अस्थायी अस्पतालको आइसीयूमा राखेर भइरहेको आफूले जानकारी पाएको र अवस्था सामान्य हुँदै गएको डा। यादवले बताए । उनको धरानमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको थियो ।

ुबच्चाको सम्पर्कमा आएका मसँगै अर्का एक चिकित्सकलाई पनि संक्रमण भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...