शनिबार बिहान ६ बजेदेखि भदौ ६ गते राति १२ बजेसम्म दोलखामा लकडाउन

Charikot bajar

दोलखा । पछिल्लो ४ दिनमा ८ जनामा कोरोना संक्रमण भेटिएपछि दोलखामा एक हप्ताका लागि लकडाउन घोषणा गरिएको छ ।

कोरोना सङ्क्रमण फैलिन नदिन र नियन्त्रण गर्नलाई प्रभावकारी बनाउन शनिबार बिहान ६ बजेदेखि भदौ ६ गते राति १२ बजेसम्म लकडाउन घोषणा गरेको हो ।

मङ्गलबार गौरीशङ्कर गाउँपालिकामा एक स्वास्थ्यकर्मीसहित विदेशबाट आएका पुरुष गरी दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । बिहीबार कालीञ्चोक गाउँपालिकामा भारतबाट आएका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

शुक्रबार गौरीशङ्कर गाउँपालिकामा पालिकाका कर्मचारी, बैंकका कर्मचारी तथा होटल व्यवसायी चार पुरुष र एक महिला गरी थप पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

यसरी समुदायका संक्रमण फैलिन थालेपछि नियन्त्रणका लागि जिल्ला सङ्कट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले साउन ३१ गते बिहान ६ बजेदेखि भदौ ६ गते राति १२ बजेसम्म लकडाउन घोषणा गरेको हो ।

लकडाउनको अवधिमा अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन तथा हिँडडुल गर्न पूर्णरुपमा निषेध गरिएको छ । त्यसैगरी अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालय बाहेक सबै सरकारी तथा गैरसरकारी कार्यालय बन्द हुनेछ ।

जिल्लाभर सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएको छ । साथै जिल्लाभरका बजार र पसल पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको छ । अत्यावश्यक वस्तु बिक्री गर्ने पसलहरु– औषधि, खाद्यान्न तरकारी, दुग्ध पदार्थ बिहान १० बजेसम्म खुला रहने दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...