उपत्यकाभित्र यी क्षेत्रमा शुक्रबार राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्म लाग्यो प्रतिबन्ध

अब पुजारीले नित्यपूजाबाहेक अरूलाई मन्दिर जानसमेत प्रतिबन्ध

Kathmandu vally

काठमाडौं । उपत्यकाका तीन जिल्लामा ३ दर्जन भन्दा बढी सेवा र व्यापार/व्यवसाय सञ्चालन गर्न रोक लगाइएको छ ।

उपत्यकाका तीनवटै प्रशासनले यसअघि साउन २५ गतेदेखि भदौ ८ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा स्थगन गरिसकेको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले शुक्रबार राति १२ बजेबाट भदौ १५ गते राति १२ बजेसम्म स्वास्थ्य मापदण्डलाई कडाइ गर्ने भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरको संयुक्त जिल्ला सुरक्षा समिति बैठकले कोरोना संक्रमण नियन्त्रण गर्न अर्को आदेश नभएसम्म यी क्षेत्रसँग सम्बन्धित व्यापार व्यवसाय र सेवा सञ्चालन गर्न नपाइने निर्णय गरेको हो ।

भिडभाड हुने गतिविधि जस्तै जात्रा, महोत्सव सञ्चालन गर्न पनि रोक लगाइएको छ । दैनिक हुने नित्यपूजाबाहेक सम्पूर्ण धार्मिक गतिविधिमा रोक लगाइएको छ । अब पुजारीले नित्यपूजाबाहेक अरूलाई मन्दिर जान समेत प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको आदेशमा उल्लेख छ ।

शैक्षिक संस्थाहरू सञ्चालनमा पूर्ण रोक लगाइएको छ । सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमाहल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, स्पा, स्विमिङ पुल, जिमखाना, खेलकुद र खेल प्रस्तुति तथा पुस्तकालय सञ्चालनमा पनि रोक लगाइएको छ ।

कवाडी संकलन गर्ने, फुटपाथ, खुल्ला ठाउँ र ठेलागाडा/साइकल सञ्चालन हुने व्यवसायमा पनि रोक लगाइएको छ । उद्योग व्यवसाय सञ्चालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिकको ओसारपसार गर्ने र टेक अवेबाहेक रेस्टुरेन्ट सञ्चालनमा पनि कडाइका साथ प्रतिबन्ध लगाइएको छ ।

उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको भन्दै प्रशासनले खुल्ला स्थानमा मानिसहरुको भेला जम्मा हुन, भीडभाड गर्न वा सभा जुलुस गर्न निषेध गरेको छ । अबदेखि जात्रा र महोत्सव गर्न निषेध गरेको छ भने फुटपाथ, खुल्ला ठाउँ र ठेला गाडा वा साइकलमा व्यवसाय गर्न पनि नपाइने भएको छ ।

हेर्नुहोस् निषेधित गरिएका गतिविधिहरुः–

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...