सिन्धुपाल्चोक पहिरोमा परि भएको मानविय क्षतिप्रति सभामुख सापकोटाद्धारा समवेदना प्रकट

117398821 3130151303689047 7901217293266144864 o

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको जुुगल गाउँपालिका–२ लिदीमा ठूलो पहिरामा परी मृत्यु भएका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।

अविरल बर्षापछि गाउँमाथिबाट खसेको पहिराले ३७ घरमा गम्भीर क्षति पुगेको छ । तीमध्ये १३ घर पूर्ण रुपमा पुरिएका छन् । पहिरामा परेका ३८ स्थानीयमध्ये ११ को शव निकालिएको छ । सभामुख सापकोटासहितको टोलीले आज पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणसमेत गरेका छन् ।

घटनास्थलबाट तत्काल पाँचजना घाइतेको उद्धार गरी उपचारका लागि चौतारा र काठमाडौँ पठाइएको थियो । स्थानीयवासीले आफ्नो गाउँमा परेको पीडाबारे सभामुख सापकोटालाई जानकारी गराएको उनका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।  पहिरो स्थल पुुगेको नेपाली सेनाको टोलीसँगको समन्वयमा तत्काल खोजी कार्य शुरु गरिएको तथा नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा खोजी जारी रहेको छ ।

पहिराका कारण विस्थापित भएकाका लागि तत्काल राहत सामग्री पठाउने काम गरिएको छ । बेपत्ताको खोजी र पुनस्र्थापनाका लागि पहल जारी रहने सभामुख सापकोटाले स्थानीयवासीलाई विश्वास दिलाउए ।

भूकम्पका कारण ठूलो जनधनको क्षति र भौगोलिक रुपमा जर्जर भएको भूगोलका कारण अझै यस्ता प्राकृतिक विपत्तिका घटना दोहोरिन सक्ने भएकाले सचेत रहन सम्पूर्ण जिल्लावासीलाई सभामुख सापकोटाले अपिल गरेका छन् ।

यसैगरी गए राति कालीकोटको महावै गाउँपालिकामा खसेको पहिरामा परी एकै परिवारका छ जनाको मृत्यु भएको र मकवानपुरमा पनि एक जनाको मृत्यु भएको खबरले आफूलाई दुःखित तुल्याएको सभामुखले उल्लेख गरे ।

सिन्धुपाल्चोकका लिदीवासी, कालीकोट र मकवानपुर जिल्लामा पहिरामा परी सिन्धुपाल्चोकको लिदीबाट उद्धार गरी चौतारा अस्पतालमा उपचार गराइरहेका चारजना र काठमाडौँस्थित सिभिल अस्पतालमा उपचार गराइरहेका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत सभामुख सापकोटाले गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...